२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकर्णेश्वर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी



अ+ अ-

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी हुनुभएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको आज सम्पन्न मतगणनामा रिसाल विजयी हुनुभएको हो । नगरप्रमुख रिसालले नौ हजार ६९२ मत पाई विजयी हुनुभएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले आठ हजार ५०४ मत पाउनुभएको उहाँले सुनाउनुभयो ।

उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी हुनुभएको छ । उहाँले आठ हजार ८०४ मत पाउनुभयो । लामाकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति नेपालले आठ हजार ६७१ मत पाउनुभएको छ । रासस