११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकर्णेश्वर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी



अ+ अ-

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी हुनुभएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको आज सम्पन्न मतगणनामा रिसाल विजयी हुनुभएको हो । नगरप्रमुख रिसालले नौ हजार ६९२ मत पाई विजयी हुनुभएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले आठ हजार ५०४ मत पाउनुभएको उहाँले सुनाउनुभयो ।

उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी हुनुभएको छ । उहाँले आठ हजार ८०४ मत पाउनुभयो । लामाकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति नेपालले आठ हजार ६७१ मत पाउनुभएको छ । रासस