२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

महासंघ सचिवालयमा तीन नयाँ वस्तुुगत संघहरूका नवनिर्वाचित टिमको स्वागत एवं बधाई कार्यक्रम सम्पन्न

महासंघ सचिवालयमा तीन नयाँ वस्तुुगत संघहरूका नवनिर्वाचित टिमको स्वागत एवं बधाई कार्यक्रम सम्पन्न
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले हालै निर्वाचन सम्पन्न भई नयाँ नेतृत्वमा आएका सदस्य वस्तुुगत संघहरू फ्लोरीकल्चर एसोसिएसन अफ नेपाल, एल.पि. ग्यास उद्योग संघ र नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष, पदाधिकारी एवं कार्य समिति सदस्यहरूको सम्मानमा महासंघ सचिवालयमा स्वागत एवं बधाई कार्यक्रम आयोजना गरेको छ ।

विशेषगरी नवनिर्वाचित टिमलाई स्वागत एवं बधाई पनि दिने र नयँं टिमका भावी कार्ययोजना तथा सम्बन्धित क्षेत्रका गुनासाहरू समेत सुन्ने उद्देश्यले महासंघले वस्तुुगत संघका नवनिर्वाचित टिमको स्वागत एवं बधाई कार्यक्रमको श्रृंखला शुुरु गरेको हो । महासंघले यसअघि नेपाल औषधि उत्पादक संघको नवनिर्वाचित टिमको स्वागत गरेको थियो भने केही दिन भित्र थप केही वस्तुुगत संघका नवनिर्वाचित टिमको स्वागत गर्ने तयारी गरेको छ । 

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले संघका निर्वाचित पदाधिकारी र कार्य समिति सदस्यहरूलाई स्वागत सहित खादा लगाई बधाई दिंदै नव निर्वाचित उद्यमी व्यवसायीहरूलाई आआफना क्षेत्रका धारणा राख्न आग्रह गर्नुभयो ।  

सो क्रममा फ्लोरीकल्चर एसोसिएनका अध्यक्ष मीन बहादुर तामाङले कोभिडकाकारण पुुष्प व्यवसाय क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेकाले राहत उपलव्ध गराउनु पर्ने, स्वदेशी पुष्प प्रवद्र्धनका लागि आयातित फूल प्रतिवन्ध लगाउनुु पर्ने, पुुष्प नीतिलाई संघीय संरचना अनुसार परिमार्जन गर्न महासंघले सहयोग गर्नुुपर्ने सुुझाव राख्नुभयो । नेपाली पुष्पको आन्तरिक उत्पादनले करिब ९१ प्रतिशतको हाराहारीमा आन्तरिक बजार माग पुरा गरिरहेको र आत्मनिर्भर उन्मुख रहेको छ । 

नेपाल एल.पि. ग्यांस उद्योग संघका अध्यक्ष कुश प्रसाद मल्लीले ठूलो लगानी रहेको एल.पि. ग्यांस उद्योगहरूलाई राज्यले हेर्ने नजरमा परिवर्तन गर्नुपर्ने, केवल खाना पकाउने इन्धनको रुपमा मात्र नलिई अन्य औद्योगिक प्रयोजनका उपायहरू पनि पहिल्याउनुु पर्ने लगायतका सुुझाव राख्नुभयो । संघमा हाल ५८ वटा ग्यांस उद्योगहरू आवद्ध रहेका छन् । एल.पि. ग्यास उद्योगमा करिव ११ सय करोड लगानी रहेको छ भने करिव २२ देखि २५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । 

हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले उत्तरी छिमेकी देशसंग जोडिएका खासगरी तातोपानी र रसुुवाका व्यापारिक नाकाहरू सुुचारु नभएको र चीनसंगको व्यापार पूर्वावस्थामै फर्कन नसक्दा चीनसंग व्यापार गर्ने व्यवसायीहरू निकै ठूलो आर्थिक मारमा परेकाले महासंघले तत्काल नेपाल सरकार तथा चिनिया राजदूतावासमा यस सम्बन्धमा अविलम्व पहल गरी समस्या समाधानमा सहयोग गर्नुपर्ने सुुझाव राख्नुभयो । 

लामो समयसम्म दुवै नाकाहरू बन्द रहेका र हालपनि न्यूनतम सख्ंया तोकी सामान आयात गर्न दिने तर निर्यातका लागि कुनै व्यवस्था नभएकोले आयात पूर्ण रूपमा खोलिनु पर्ने र निर्यातका लागि पनि आवश्यक व्यवस्था हुन पर्ने, सीमा नाका तातोपानी र रसुवामा चिनिया पक्षबाट प्राप्त एस.पी.एस. प्रमाणीकरण गर्ने व्यवस्था भएमा नेपालको निर्यात अभिवृद्धि हुने हुंदा यस्तो प्रयोगशालाको स्थापना हुनु पर्ने, सीमा नाकामा आयात निर्यातसंग सम्बन्धित व्यक्तिहरूलाई समस्या समाधानार्थ र उत्पन्न समस्या समाधान गर्न निश्चित पास सिस्टमको व्यवस्था हुनुपर्ने र नेपाल–चीन बीच भएको पारवहन सम्झौता प्रोटोकलको जति सक्दो चाडो कार्यान्वयनमा ल्याइनु पर्ने सुुझाव संघको छ । 

यसरी आएका सुुझाव एवं गुुनासाहरूलाई संवोधन गर्नुुहुुंदै महासंघका अध्यक्ष गोल्छाले स्वदेशी पुष्प व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा आफ्नो पनि जोड रहेको बताउनुभयो । कोभिडबाट थलिएका पुुष्प व्यवसायीका समस्या समाधानमा महासंघले पहल गर्ने, पुुष्प नीति संशोधनको विषयलाई महासंघको वस्तुुगत परिषद मार्फत अगाडि बढाउने विश्वास दिलाउनुभयो । एल. पि ग्यांसका सम्बन्धमा सरकारसंग बसेर छलफल गर्ने, चीनसंगको व्यापारिक नाका पूर्वावस्थामै संचालन गर्न छिट्टै महासंघको नेतृत्व संघका पदाधिकारी समेत सम्मिलित टोलीले चिनिया राजदूत र नेपाल सरकारको सम्बन्धित निकायमा भेटी ठोस पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सो अवसरमा संघका नवनिर्वाचित अध्यक्षहरूले महासंघले अत्यन्त महत्वपूर्ण कार्यक्रमको थालनी गरेकोमा प्रशंसा समेत गरेका थिए । वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले वस्तुुगत संघहरूको वास्तविक समस्या पहिल्याई समस्या संवोधनमा यो कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । महासंघको वर्तमान टिम उद्यमी व्यवसायीहरूको समस्या समाधान, मुुलुकको अर्थतन्त्र निर्माण, आर्थिक व्यवसायिक विकासका मुुद्दामा निरन्तर खटिरहेकाले यसमा सवै सदस्य संघहरूको हातेमालो आवश्यक रहेको धारणा राख्नुुभयो ।  

कार्यक्रममा महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले निर्वाचित टिमलाई बधाई एवं शुुभकामना दिंदै महासंघले सदस्य वस्तुुगत संघहरूसंग सधै नजिकमा रहेर उनीहरूका समस्या एवं गुनासा सुुनी त्यसलाई संवोधन गर्ने प्रयास स्वरुप नवनिर्वाचित टिमसंग यस प्रकारको कार्यक्रमको थालनी गरेको स्पष्ट पार्नुुभयो । महासंघले वस्तुुगत संघहरूलाई उच्च प्राथमिकता दिई महासंघमा वस्तुुगत संघहरूलाई मात्र सेवा दिन वस्तुुगत सचिवालयको स्थापना गरेको, संघहरूसंग नियमित भेटघाट तथा छलफल मार्फत वास्तविक समस्या पहिचान गरी सम्बन्धित निकाय मार्फत संवोधन गर्न पहल गरेको स्पष्ट पार्नुभयो । 

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले महासंघले आफना सदस्यहरूको समस्या समाधानमा सधै उच्च प्राथमिकता दिएको बताउनुभयो । वस्तुगत संघहरु अर्थतन्त्रका बलिया खम्वा भएकाले वस्तुगत संघहरू समस्यारहित ढंगवाट चल्न सके रोजगारी सिर्जना र लगानी आकर्षणमा समेत सहयोग पुुग्ने बताउनुु भयो । साथै महासंघले सवै सदस्यहरूको इमेल ठेगानमा एकरूपता ल्याउन काम गरिरहेको समेत स्पष्ट पार्नुभयो ।