२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण

वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाईनेः प्रधानमन्त्री देउवा

वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाईनेः प्रधानमन्त्री देउवा
अ अ+ अ-

काठमाडौ  । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताउनुभएको छ । बिहीवार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समाराहमा प्रधामन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले कोरोना महामारीको खतरनाक रुप नेपालमा आएको तर यसबारे अझै कतिपय मानिसलाई जानकारी नभएकोमा दुखेसो गर्नुभयो ।

प्रधानमन्त्री देउवाले नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित, व्यवसायीक र समृद्ध बनाउने कार्यमा लाग्न सरकार तयार रहेको बताउनुभयो । उहाँले नेपालमा प्रेस स्वतन्त्रता रहेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमहरु खोजमुलक र सत्यतथ्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता विचार स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगतलाई थप विकसित, व्यवसायीक र समृद्ध बनाउँदै लैजाने कार्यमा सरकार आवश्यक सहयोग गर्न तत्पर रहेको समेत बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अघि वासुदेव बर्माजीले भन्नुभयो, उहाँलाई कोरोना भएछ, उहाँको बुबाको कोरोनाको कारण निधन भएछ, बहुत दुःख लाग्यो मलाई,कपिलवस्तुमा अहिले पनि त्यस्तै स्थिती छ कि, के छ त्यहाँ मैले अक्सिजन नपाएर मरेको सुन्दाखेरि त, अत्यन्तै दुखित भएको छ। म आजै बुझेर अक्सिजनको व्यवस्था मिलाउने प्रवन्ध गर्ने विश्वास दिलाउन चाहन्छु, मैले भ्याक्सिन भ्याक्सिन भनेको थिएँ, नेपालभर नै छिटै नै भ्याक्सिनको व्यवस्था पूरा हुँदैछ, मलाई लाग्छ वैशाखसम्म सबैलाई भ्याक्सिन लगाइसकिने हाम्रो योजना छ।

 त्यसैकारण अहिले कोभिड पनि खतरनाक रुप नेपालमा आएको छ, धेरै मान्छेहरु मरेका छन्, कतिपयलाई कति खतरनाक छ भन्ने कुरो ज्ञान पनि छैन, यसलाई कम गर्नको लागि हामी अवश्य नै काम गर्नेछौँ, महामारी प्राकृतिक विपत्ति हो, समावेशी लोकतन्त्रको पक्षधर भएको नाताले राज्यका सञ्चारमाध्यमहरु पनि सम्पादकीय स्वतन्त्रतको सुनिश्चितता गर्दै स्वतन्त्ररुपमा सञ्चालन हुन् भन्ने वर्तमान सरकारको चाहना छ, नेपालको पत्रकारिता पेशा जोखिमपूर्ण भएको छ, यस्तो जोखिमका बाबजुद नेपाली नागरिकको सूचनाको हक रक्षा पत्रकारहरुले गर्दै आइरहेको सूचनाको संकलन र सम्प्रेषण गर्ने कार्य वर्तमान सरकार प्रेस स्वतन्त्रताको प्रवद्र्धन पत्रकारहरुको पेशागत हीत रक्षाको लागि प्रतिवद्ध छ।

विगतका गौरवमय संघर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता विचार स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगतलाई थप विकसित, व्यवसायीक र समृद्ध बनाउँदै लैजाने कार्यमा सरकार आवश्यक सहयोग गर्न तत्पर छ, नेपालमा प्रेस स्वतन्त्रताको हक छ, त्यसैले सत्य,तथ्यमा आधारित समाचार बनाउनुपर्छ, आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर स्वतन्त्र पत्रकारिताको काम गर्नुपर्छ, सरकारको पनि यही चाहना छ ।’

उहाँले  नेपाल टेलिभिजन सरकारको टेलिभिजन भएकोले विभिन्न सांस्कृतिक,ऐतिहासिक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भन्दै उमेर समूहलाई ध्यानमा राखेर कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाल टेलिभिजन सरकारको भएकोले सरकारको मात्रै गुणगान गाउने कतिपयलाई लागेकोले त्यो काम हट्नुपर्ने बताउनुभयो । उहाँले सरकारको टेलिभिजन भएपनि सबैलाई निष्पक्ष रुपले हेर्नुपर्ने बताउनुभयो ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा कञ्चनजंगा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्किने क्रममा तत्कालीन वन तथा भू संरक्षण मन्त्री गोपाल राईसहित २४ जनाको बाक्लो हुस्सुका कारण हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । जसमा नेपाल टेलिभिजनका पत्रकार द्वय हेम र सुनिलको निधन भएको थियो । त्यसयता हरेक वर्ष नेपाल टेलिभिजनले आजकै दिन हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ ।

यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका कपिलवस्तु जिल्ला संवाददाता वासुदेव बर्माले पाउनुभएको छ । बर्माको समाचारलाई यो वर्षको जोखिमपूर्ण समाचार मान्दै टेलिभिजनले पुरस्किृत गरेको छ । हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारप्राप्त गर्नुभएको बर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार प्रदान गर्नुभयो ।