२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटमा कांंग्रेस/स्वतन्त्र दुई/दुई र माओवादी तीन स्थानमा विजयी



अ+ अ-

मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये सातको स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भएको छ । तीमध्ये दुई पालिकामा नेपाली कांग्रेस, दुईमा पालिकामा स्वतन्त्र र तीन पालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् ।

खाँडाचक्र नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । खाँडाचक्रको प्रमुखमा कमलबहादुर शाही र सान्नी त्रिवेणीको अध्यक्षमा मोहनबहादुर केसी विजयी हुनुभएको छ । खाँडाचक्रमा माओवादीका उपप्रमुख गणेशबहादुर शाही र सान्नी त्रिवेणीमा उपाध्यक्षमा एमालेबाट पार्वतीसिंह विजयी हुनुभएको छ ।

तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिकामा कांगे्रसका उम्मेदवार विजयी हुनुभएको छ । तिलागुुफा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट शङ्करप्रसाद उपाध्याय र नरहरिनाथ गाउँपालिका नगेन्द्र विष्ट विजयी हुनुभएको छ । तिलागुफाको उपप्रमुखमा एमालेका उम्मेदवाार महेन्द्रबहादुर शाही र नरहरिनाथ गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका कमलबहादुर शाह विजयी हुनुभएको छ ।

शुभकालिका, महावै र पलाता गाउँपालिकामा माओवादीबाट उम्मेदवारले विजयी गरेका छन् । शुभकालिकामा गोविन्द आचार्य, महावैमा खेमबहादुर सिंह र पलाता गाउँपालिकामा विष्णुबहादुर रोकाया विजयी हुनुभएको छ । शुभकालिकामा उपाध्यक्षमा कांग्रेसका धर्मा शाही, महावैमा उपाध्यक्षमा एमालेबाट दानसिंह सेजुवाल र पलाता गाउँपालिकाको उपाध्यक्षमा माओवादीका अलैपुरा जैशी निर्वाचित हुनुभएको छ । जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिका मतगणना जारी नै छ ।