ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।
पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले १२ हजार ८ सय ५८ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ६ हजार ४ सय ४० मत पाउनुभएको छ ।
त्यस्तै उपप्रमुखमा एमालेकी मञ्जलीले ६ हजार ७ सय ७७ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले ५ हजार ३९ मत पाउनुभएको छ ।
ललितपुर महानगरपालिकामा २९ वडा रहेको छ ।