१६ असार २०८३, मंगलवार
,
Latest
येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई षड्यन्त्र गरेर फसाइयो : उपसभापति गच्छदार



फाईल फोटो
अ+ अ-

विराटनगर  । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताउनुभएको छ । उहाँले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदी कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषद्माथि गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आफूमाथि अन्याय गरेको धारणा राख्नुभयो । “म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु”, उहाँले भन्नुभयो । 

उपसभापति गच्छदारले  न्यायलयले न्याय दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको छ भन्नुभयो । जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताउँदै उहाँले आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा उभिन तयार छु भन्नुभयो ।