२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने थापाको घोषणा



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविना थापाले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाडौँमा आज पत्रकार सम्मेलनको आयोजना गरी उहाँले महिला सक्षम छन् भनेर देखाउन र संस्थागत सुधारका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको बताउनुभयो ।

“हरेक ठाउँमा महिला नेतृत्वमा आउनुपर्छ, तब मात्रै वास्तविक परिवर्तन हुन्छ”, थापाले भन्नुभयो, “नेतृत्व पुगेको खण्डमा वैदेशिक रोजगारीलाई मर्यादित र व्यवथित गरी महिला र घरेलु कामदारका मुद्दालाई जोडतोडका साथ अघि बढाउँछु ।” उहाँले नेतृत्व लिएर संस्थागत सुदृढीकरण गर्दै एनआरएनएको गतिविधिलाई प्रभावकारी बनाउन आफूले भूमिका निर्वाह गर्ने पनि बताउनुभयो । 

समारोहमा जयप्रकाश गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै एनआरएनएको संस्थागत विकास नै आजको आवश्यकता भएको औँल्याउनुभयो । अर्का विनय अधिकारीले महासचिवमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । 

उहाँले थापाको प्यानलबाट आफ्नो २२ बुँदे घोषणा सार्वजनिक गर्दै संस्थालाई राजनीतिबाट मुक्त गरी आर्थिक पारदर्शिता कायम गर्नेसहित भिजन ‘थर्टी–थर्टी’ को अवधारणा अघि बढाउने जानकारी दिनुभयो ।

यसअघि कूल आचार्यले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । एनआरएनएका वर्तमान पदाधिकारीले विधानविपरीत प्रतिनिधि छनोट गरेको भन्दै असन्तुष्ट पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेपछि आउँदो १०औँ महाधिवेशन अनिश्चित बनेको छ ।  

एनआरएनएका मानार्थ सदस्य नवराज ओली, एनआरएनए अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र एनआरएनएका पूर्वसचिव जानकी गुरुङ लगायतले यसरी उजुरी दर्ता गराउनुभएको थियो । केही दिनअघि उहाँहरुले सङ्घको निर्वाचन प्रक्रियाको प्रारम्भदेखि नै न्यायिक सिद्धान्त र विधानविपरीत प्रतिनिधि छनोट गरिएको जिकिर लिँदै कानूनविपरीत गरिएका गतिविधि सच्याउन माग गर्नुभएको थियो । 

उहाँहरुको उजुरीका आधारमा मन्त्रालयले एक छानविन समितिसमेत बनाएर छानविन प्रक्रिया पूरा नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिइसकेको छ । सङ्घको आगामी अक्टोबर २३ देखि २५ सम्म महाधिवेशन गर्ने मिति तय भए पनि उक्त विवादका कारण हाललाई अनिश्चित बनेको हो । सङ्घ विसं २०६० मा स्थापना भएको हो ।