• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   ‘एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ ★   प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस् ★   द्रविडले कोहलीलाई साथ दिँदै भने – उनको ब्याटबाट ठूलो इनिङ्स आउन बाँकी छ ★   विश्वकप फाइनलमा भारतको जितको कामना गर्दै गंगा आरति ★   ‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’ ★   मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन ★   मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्: सांसद झा ★   विराट कोहलीका लागि यो विश्वकप अहिलेसम्मकै ‘झुर’ ★   ‘कल्की २८९८ एडी’ले पहिलो दिनमै कमायो १९० करोड ★   मनसुनजन्य विपद् प्रतिकार्य: यस्तो छ सरकारको तयारी

काभ्रेको खानीखोलामा गठबन्धन निर्वाचित



बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा (नेकपा माओवादी केन्द्र)का इन्द्रबहादुर थिङ र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्बा विजयी हुनुभएको हो ।

अध्यक्ष पदमा विजयी थिङले कूल आठ हजार १४६ मतमा चार हजार ४८५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का शेखर लामाले तीन हजार १५६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्ष पदमा जिम्बाले चार हजार ३२८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका रुकमेणी गुरुङले दुई हजार ९८७ मत प्राप्त गर्नुभएको छ ।

मतपरिणामअनुसार वडा नं १ मा माओवादीका सन्तमान थिङले ५४८ मत ल्याएर विजयी भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका आशराम गोलेले ५४७ मत प्राप्त गर्नुभएको छ । वडा नं २ मा कांग्रेसका दशरथ लामाले ४९८ मत प्राप्त गरी विजयी भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रबहादुर थिङले ४६६ मत प्राप्त गर्नुभएको छ ।

वडा नं ३ मा नेकपा (माओवादी केन्द्र)का सागर लामाले ५५० त प्राप्त गरे विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका जयबहादुर लुङ्गेली मगरले २३९ मत प्राप्त गर्नुभएको छ । वडा नं ४ मा माओवादीकै निशान मोक्तानले ४०६ मत प्राप्त गरी विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका क्षेत्रबहादुर वाइबाले ३६४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी वडा नं ५ मामाओवादीकै बुद्धिबहादुर स्याङ्तानले ५३३ मत प्राप्त गरी विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका दुर्गाप्रसाद तिमल्सिनाले ४२४ मत प्राप्त गर्नुभएको छ । वडा नं ६ मा कांग्रेसका बृहस्पति घिसिङ ८४१ मत प्राप्त गरी विजयी भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका मानबहादुर गोलेले ६३१ मत प्राप्त गर्नुभएको छ भने वडा नं ७ मा नेकपा एमाले रामबहादुर मुक्तानले ७४१ मत प्राप्त गरी विजयी भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका क्षेत्रमान घ्याबाले ७२० मत प्राप्त गर्नुभएको छ ।

जिल्लामा हालसम्ममा दूई पालिकाको नतिजा सार्वजनिक भएकोमा कोसीपारिस्थित भुम्लु गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ । अन्य पालिकाको मत गणना कार्य जारी रहेकामा धुलिखेल नगरपालिकाको भने विवादका कारण अहिले रोकिएको छ ।