११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीको फिक्कलमा एमालेको विजय



अ+ अ-

सिन्धुली । फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित हुनुभएको छ ।

सुनुवारले चार हजार ६२ र बरालले चार हजार २५६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । सुनुवारको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका निर्पबहादुर भुजेलले चार हजार १७ र वरालको निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र)का लोकेन्द्रबहादुर कार्कीले तीन हजार ४२६ मत प्राप्त गर्नुभएको छ ।

फिक्कलको छ वडामध्ये चार वटामा एमाले, एउटामा माओवादी केन्द्र र एउटामा कांग्रेसले अध्यक्षमा विजययी भएका छन् ।

मरिणमा गठबन्धन विजयी

यसैगरी मरिण गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका विमर्श मोक्तानले पाँच हजार १९४ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्दलाल माझीले चार हजार ७६० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका विमला माझीले पाँच हजार २८१ मत ल्याउर विजयी हुनुभएको छ । मरिणको सात वडामध्ये छ वटामा माओवादी केन्द्र र एउटामा एमालेले विजयी भएका छन् ।