• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट

महोत्तरीको रामगोपालपुरमा एमाले र मनरासिस्वामा कांग्रेस



जलेश्वर । स्थानीय तह निर्वाचनको मतगणना परिणाम आइरहँदा महोत्तरी जिल्लाको दुई वटा पालिकामा क्रमशः नेकपा एमाले र नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार गए राति सम्पन्न मतगणना परिणामअनुसार जिल्लाको रामगोपालपुर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका रामदुलार साह पाँच हजार ३४९ मत ल्याएर विजयी हुनुभयो । त्यस्तै उपप्रमुख पदमा सोही पार्टीकी रिनादेवी यादवले चार हजार २६३ मत ल्याएर विजयी हुनुभभएको छ ।

सो पालिकामा प्रमुख र उपप्रमुखका निकटतम प्रतिस्पर्धी क्रमशः नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डल र नेपाली कांग्रेसकी पुष्पादेवी कुशवाहा रहेका छन् । उनीहरुले क्रमशः तीन हजार ५८६ र तीन हजार ४०३ मत ल्याएका छन् ।

त्यसैगरी गए राति नै सम्पन्न मतगणना परिणाम अनुसार जिल्लाको मनरासिस्वा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका मोहन पाण्डेय पाँच हजार ८८४ मत ल्याएर विजयी हुनुभयो भने उपप्रमुख पदमा सोही पार्टीकी सकुन्तला देवीले पाँच हजार ७४५ मत ल्याएर विजयी हुनुभयो ।

सो पालिकामा प्रमुख र उपप्रमुखका निकटतम प्रतिस्पर्धी क्रमशः जनता समाजवादी पार्टीका महेन्द्र राय र सोही पार्टीका निर्मलाकुमारीदेवी सिंह रहेका छन् । उनीहरुले क्रमशः चार हजार ९२० र चार हजार ८४२ मत ल्याएका छन् ।