२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाकोट नगरपालिका प्रमुख–उपप्रमुखमा कांग्रेस



Nepali Congress
अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैँडाकोटमा नगरप्रमुख गुमाएको कांग्रेसले यसपटक बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुख जितेको हो ।

गैँडाकोटको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मदनभक्त अधिकारी निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पछि पार्दै गैँडाकोटको नगरप्रमुखमा अधिकारी विजयी हुनुभएको हो । नगरप्रमुखमा निर्वाचित अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तनमा नगरप्रमुख समेत रहनुभएका एमाले उम्मेदवार पौडेलले १३ हजार ६०६ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी गैँडाकोट नगर उपप्रमुखमा समेत कांग्रेसकी उम्मेदवार शान्ति कोइराला निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर उपप्रमुखका उम्मेदवार तुलाराम पौडेललाई करिब दोब्बर मतान्तरले पराजित गर्दै कोइराला नगर उपप्रमुखमा निर्वाचित हुनुभएको हो । नगर उपप्रमुखमा निर्वाचित कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी पौडेलले आठ हजार ६४० मतमात्रै प्राप्त गर्नुभयो ।

जम्मा १८ वटा वडा रहेको गैँडाकोटमा नगरप्रमुख र उपप्रमुख जितेको कांग्रेसले ११ वटा वडाध्यक्ष समेत जितेको छ । गैँडाकोटको नगरप्रमुख गुमाएको एमालेले ६ वटा वडाध्यक्ष जितेको छ भने नेकपा (माओवादी केन्द्र)ले एउटा वडाध्यक्ष जितेको छ ।