८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमसुकमा बिहे, वडामा तलाक



अ+ अ-

काठमाडौं । सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो। विवाहनामामा दुलहा र दुलहीको सहीछापसहित मुस्लिम समुदायका अगुवा काजी र दुई साक्षीले हस्ताक्षर गरे। 

दैन मोहर १ लाख ५१ हजार ७ सय ८६ रुपैयाँमा बिहे सम्पन्न भएको उक्त लिखतमा उल्लेख छ। सुन–चाँदीका गहनादेखि दाइजोको ६६ प्रकारका सामान दाइजो दिएको विवरण समेटिएको छ। जसमा लेखिएको छ– ‘श्रीमानले श्रीमती…सँग स्त्री हकअनुसार कुनै किसिमको अनुचित व्यवहार गरेमा तपसीलमा लेखिएको दहेजका सरसामानहरू दैन मोहरसमेत इस्लाम धर्मको अधिनमा रही मुलुकी ऐनको स्त्री अंश महलको दफा उपदफामा उल्लेख भएअनुसार असुल गराई लिनू।’

नइम बिहेको दुई महिना नबित्दै वैदेशिक रोजगारीका लागि कतारतिर उडे। ‘बिहे भएको महिना नबित्दै घरमा दुःख दिन थालेको थियो। श्रीमान पनि विदेश गयो। विदेश जान रोक्न खोज्दा पनि मानेन। थाहै नदिई गयो’, तवसुमले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘विदेश गएपछि झन् सम्पर्क, कुराकानी केही गर्न मानेन। यता घरमा सासू–ससुराले पीडा दिन थाल्यो।’  उनी बुबाआमासँग सम्पर्क गरी माइत आएर बस्न थालिन्। पछि गाउँका जातीय अगुवाले छलफल गरी सासू–ससुरासँगै बस्न पठाएको उनले सुनाइन्। 

‘केही महिना नपुग्दै फेरि पहिलेजस्तै दुःख दिन थालेपछि माइत फर्केर आएँ। श्रीमान् पनि सम्पर्कविहीन भयो। सासू–ससुराले धाकधम्की हिंसा गर्न छाडेनन्’, उनले भनिन्, ‘मेरो बुबाले गाउँका अगुवा, वडाध्यक्षलाई घटना मिलाइदिन आग्रह गरे। तर, अगुवाहरूले केटा पक्षको दबाबमा सम्बन्ध विच्छेद (तलाक)को निवेदन हाल्न लगायो।’

उनले २०७७ मंसिर ४ गते लहान नगरपालिका–५ को वडा कार्यालयमा निवेदन दिइन्। वडा कार्यालयमै मंसिर ८ गते सम्बन्ध विच्छेदको कागज बन्यो। नइम भने विदेशमै थिए। छोडपत्रमा उनका बुबाले हस्ताक्षर गरेको पाइएको छ। त्यसमा तवसुमको अंश भागमा पर्ने चलअचल सम्पत्तिबापत १ लाख ५१ हजार रुपैयाँ ‘बुझिलिई’ भनेर लेखिएको छ। तर, विवाहनामाको सर्त उल्लेख छैन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।