१६ मंसिर २०८१, आईतवार
,
Latest
प्रधानमन्त्रीको गृह जिल्ला झापाको कन्काई–६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी महोत्तरीको रामगोपालपुर–२ मा एमालेका सकिबुल खाँ विजयी गोरखा–५ बाट माओवादी केन्द्रका विष्णुबहादुर मगर निर्वाचित रौतहटको इशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी रुकुम पश्चिमको सानीभेरी–५ मा माओवादीको किल्ला भत्कियो, कांग्रेसका मोतीराम खत्री विजयी डोटीको पूर्वीचौकी–६ मा कांग्रेसका मोहन थापा विजयी कीर्तिपुर नगरपालिकाको मतगणना सुरु ओखलढुंगाको मोलुङ ५ को वडाध्यक्षमा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ विजयी चेल्सीले एस्टन भिल्लालाई हरायो दार्चुलाको दुहु ५ वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धन सिंह कुँवर विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी



अ+ अ-

बागलुङ । बागलुङ नगरपालिकामा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले १४ हजार ६७८ मत ल्याएर प्रमुखमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जनकराज पौडेलले आठ हजार ८२१ मत प्राप्त गर्नुभएको छ । विसं २०७४ को चुनावमा भने श्रेष्ठलाई पराजित गरी पौडेल प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का राजु खड्का विजयी हुनुभएको छ । खड्काले १२ हजार ४२७ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जय खड्काले आठ हजार ६५ मत प्राप्त गर्नुभएको छ । यहाँ पाँच दलीय र एमाले–राप्रपा गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।