११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पाको बगनासकालीमा एमाले विजयी



अ+ अ-

रामपुर । पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सरस्वती दर्लामी (चिदी) निर्वाचित हुनुभएको छ । निवर्तमान गाउँपालिका उपाध्यक्षसमेत रहनुभएकी उहाँ छ हजार ४६६ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिता अधिकारीले पाँच हजार ६३३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि एमालेबाटै हरिप्रसाद पाठक निर्वाचित हुनुभएको छ । पाँच हजार ८७३ मतसहित उहाँ विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेले चार हजार ७७८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रवि न्यौपानेले जनकारी दिनुभयो । बगनासकालीको ९ वडामध्ये १, ६ र ९ मा कांग्रेसले र बाँकी सबैमा एमालेका उम्मेदवारले जितेको छ । यहाँ २०७४ को निर्वाचनमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेबाट निर्वाचित भएको थियो । यससँगै जिल्लाको रम्भा गाउँपालिकाबाहेक नौ पालिकाको मतगणना कार्य सकिएको छ ।