८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

हुम्लामा अध्यक्षमा तीन कांग्रेस, तीन माओवादी निर्वाचित

हुम्लामा अध्यक्षमा तीन कांग्रेस, तीन माओवादी निर्वाचित
अ अ+ अ-

सिमकोट । हुम्लाका सातमध्ये छ गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । जिल्लाको सिमकोट, नाम्खा र ताँजकोट गाउँपालिका नेकपा माओवादी केन्द्रले पालिका अध्यक्षमा विजयी भएको छ भने खार्पुनाथ, सर्केगाड र अदाचनुली गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।

चङ्खेली गाउँपालिकाको वडा २ को पुनः आजबाट मतदान भइरहेकाले त्यहाँको मतपरिणाम सार्वजनिक हुन नसकेको हो । हुम्लामा माओवादी र कांग्रेसले गठबन्धन गरेका थिए ।

सिमकोट गाउँपालिका अध्यक्षमा माओवादीका विजय भण्डारी (प्रतिरोध) ले दुई हजार ८८२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले एकहजार ९६९ मत ल्याउनुभएको हो ।

पालिका उपाध्यक्षमा कांग्रेसका सुशीला रोकायाले दुई हजार ४७४ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी प्रतिमा लामाले एक हजार ४५७ मत ल्याउनुभयो ।

उत्तरी नाम्खा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित माओवादीका प्रेम लामाले एक हजार ४६६ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत ल्याउनुभयो । उपाध्यक्षमा कांग्रेसका तक्दिर लामाले एक हजार ९४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी लाक्पानुर्बु लामाले ५६५ मत ल्याउनुभयो ।

खार्पुनाथ गाउँपालिकामा कांग्रेसका कर्णबहादुर रावलले एक हजार आठ सय १० मत ल्याएर अध्यक्षमा विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याउनुभयो । उपाध्यक्षमा माओवादीका ज्ञानबहादुर सिंह (भरत) विजयी हुनुभयो । उहाँले एक हजार ८७२ मत ल्याउनुभयो । यस्तै उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याउनुभयो ।

सर्केगाड गाउँपालिकामा कांग्रेसका ठानबहादुर रोकाया तीन हजार ५४३ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याउनुभयो । उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवार चन्द्रसिंह कार्कीले तीन हजार २८२ मत ल्याएर विजयी हुनुभयो ।

ताँजकोट गाउँपालिका अध्यक्षमा माओवादीका लालकेश जैसीले एक हजार ८१० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका अजमल बुढाले ९९५ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापा विजयी हुनुभएको छ । थापाले एक हजार ३१० मत प्राप्त गरेर विजयी हुनुभयो ।

अदानचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवारनै अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । पालिका अध्यक्षमा कांग्रेसका मोहनविक्रम सिंहले एक हजार ५८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका दल फडेराले एक हजार तीन सय ५३ मत प्राप्त गर्नुभयो । पालिका उपाध्यक्षमा माओवादीका कर्ण रोकायाले एक हजार नौ सय ९६ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लोकेन्द्र भण्डारीले एक हजार छ मत प्राप्त गर्नुभयो ।