१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.95

Wind: 4.63

Humidity: 46

तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ नगरप्रमुखमा श्रेष्ठ र उपप्रमुखमा राजु खड्का विजयी



अ+ अ-

बागलुङ । स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाई पाँच हजार ८२१ मतको फराकिलो अन्तरले पराजित गर्नुभयो ।

अन्तिम मत परिणामअनुसार श्रेष्ठले १४ हजार ६७८ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जनकराज पौडेलले आठ हजार ८२१ मत पाउनुभयो । गत स्थानीय निर्वाचनमा श्रेष्ठ पौडेलसँगै दुई हजार ३०० मतान्तरले पराजित हुनुभएको थियो । दोस्रोपटकको आमने–सामनेमा श्रेष्ठले बाजी मार्नुभयो ।

उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का राजु खड्का १२ हजार ४२७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सञ्जय खड्काले आठ हजार ६४ मत पाउनुभयो । बागलुङ नगरका १४ वटा वडामध्ये ११ वटामा गठबन्धनको तर्फबाट विजयी हुनुभयो । वडा नंं १, ३, ८, ९, ११, १३ र १४ वडा कांग्रेसले, वडा नंं २ र १० नेकपा ९एकीकृत समाजवादी०ले, वडा नंं ४ माओवादी केन्द्रले र वडा नंं १२ मा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभयो । वडा नंं ५, ६ र ७ भने एमाले निर्वाचित भएको छ । रासस