१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपा–५ मा एमालेका प्रजापति विजयी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ मा नेकपा (एमाले)को तर्फबाट वीरेन्द्र प्रजापति विजयी हुनुभएको छ । प्रजापतिले नेपाली कांग्रेसका निकटतम् प्रतिद्वन्द्वी रमेश डङ्गोललाई २५३ मतले पछि पार्दै विजयी हुनुभएको हो । प्रजापतिले एक हजार ८१८ मत प्राप्त गर्दा डङ्गोलले एक हजार ५७५ मत पाउनुभएको थियो ।

त्यसैगरी सदस्यमा एमालेको तर्फबाट हरिबहादुर महर्जन र कांग्रेसका विजय कर्माचार्य विजय हुनुभएको छ । महिला सदस्यतर्फ कांग्रेसको मीना सिंह र दलित महिला सदस्यमा आरती सुनुवार विजयी हुनुभएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै प्रमुख पदमा बालेन्द्र शाहले १५ हजार ८७९ मत प्राप्त गर्दा केशव स्थापितले छ हजार ७९० मत प्राप्त गर्नुभएको छ । स्वतन्त्रतर्फबाट उम्मेदवारी दिनुभएको बालेन्द्र शाहले नेकपा ९एमाले०को तर्फबाट प्रमुखमै उम्मेदवारी दिनुभएका स्थापितलाई पछि पारिरहेका छन् । कांग्रेसको तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले छ हजार १२९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

उपप्रमुखमा एमालेको तर्फबाट सुनिता डङ्गोलले १३ हजार ९८ मतले अग्रस्थानमा रहनुभएको छ । उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी०का रामेश्वर श्रेष्ठले चार हजार ७४ मत प्राप्त गर्नुभएको छ । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ३, ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।

वडा नं १, २, ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । कामपाका हाल ३३ हजार ८१३ मतगणना भएको भने जसमा एक हजार २२८ बदर भएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।