८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

तनहुँका सात पालिका र ५२ वडाको मतपरिणाम सार्वजनिक

तनहुँका सात पालिका र ५२ वडाको मतपरिणाम सार्वजनिक
अ अ+ अ-

तनहुँ । स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबारसम्म तनहुँका सातवटा पालिका र ५१ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका सात पालिकामध्ये नेकपा (एमाले)ले चार, नेपाली कांग्रेसले दुई र नेकपा (माओवादी केन्द्र)ले एक पालिका जितेका छन् । त्यस्तै मतपरिणाम सार्वजनिक भएका ५२ वडामध्ये एमालेले २२, कांग्रेसले २४ र माओवादीले छ वडामा जित हासिल गरेका छन् ।

शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाको मतगणना जारी छ । व्यास नगरपालिकाको भने आज दुईवटा मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै मतगणना गर्ने तयारी छ । एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष जितेको छ । एमालेले भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । त्यस्तै एमालेले बन्दीपुर गाउँपालिकाको अध्यक्ष जितेको छ ।

नेपाली कांग्रेसले ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष र बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा देवघाट गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल विजयी हुनुभएको छ ।

देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी हुनुभएको छ । त्यस्तै देवघाट गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ विजयी हुनुभएको छ । आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल र देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी हुनुभएको छ ।

ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी हुनुभएको छ । एमालेले म्याग्दे–१, म्याग्दे–३, म्याग्दे–७, बन्दीपुर–१, बन्दीपुर–४, बन्दीपुर–६, घिरिङ–२, घिरिङ–३, घिरिङ–४, देवघाट–१, देवघाट–४, भिमाद–२, भिमाद–३ मा, भिमाद–७, भिमाद–८, भिमाद–९, भानु–२, शुक्लागण्डकी–५, शुक्लागण्डकी–६, शुक्लागण्डकी–८ र आँबुखैरेनी–६ को वडाध्यक्ष जितेको छ ।

कांग्रेसले भिमाद–१, भिमाद–४, भिमाद–६, म्याग्दे–२, म्याग्दे–४, म्याग्दे–५, म्याग्दे–६, ऋषिङ–२, ऋषिङ–३, ऋषिङ–४, ऋषिङ–५, ऋषिङ–६, घिरिङ–१, शुक्लागण्डकी–१, शुक्लागण्डकी–२, शुक्लागण्डकी–३, शुक्लागण्डकी–४, देवघाट–२, देवघाट–५, आँबुखैरेनी–३, आँबुखैरेनी–४, भानु–१, भानु–१२ र बन्दीपुर–३ को वडाध्यक्ष जितेको छ ।

माओवादी केन्द्रले आँबु–१, आँबुखैरेनी–२, ऋषिङ–१, बन्दीपुर–२, बन्दीपुर–५ र आँबुखैरेनी–५ को वडाध्यक्ष जितेको छ । स्वतन्त्र उम्मेदवारले भानु–१३, ऋषिङ–७ र ऋषिङ–८ को वडाध्यक्ष जितेको छ ।

दोहोरिन खोज्दा चार पराजित

विसं २०७४ को स्थानीय तहको निर्वाचनबाट विजय भएर पुनः दोहोरिन खोज्ने तीन पालिकाका प्रमुख यसपटक पराजित हुनुभएको छ । एमालेबाट देवघाटको अध्यक्षमा दोहोरिनुभएका दुर्गाबहादुर थापा यसपटक पराजित हुनुभएको छ ।

काङ्ग्रेसबाट आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा दोहोरिनुभएका गिरबहादुर थापा, म्याग्दे गाउँपालिकाको अध्यक्षमा दोहोरिनुभएका मायादेवी राना यसपटक पराजित हुनुभयो । यस्तै बन्दीपुर गाउँपालिकाको अध्यक्षमा दोहोरिनुभएका पूर्णसिं थापा र उपाध्यक्ष करुणा गुरुङ झिनो मतान्तरले पराजित हुनुभएको छ ।

कांग्रेसबाट म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा दोहारिनुभएका बालकृष्ण घिमिरे भने यसपटक पनि विजयी हुनुभएको छ । यसपटकको स्थानीय तह निर्वाचनमा फरक नतिजा आएको छ । गत निर्वाचनमा एउटा पार्टीले जितेका ठाउँमा अहिले अर्को पार्टीले जितेको छ ।

व्यास–८ रिस्तीमा आज पुनः मतदान

तनहुँको व्यास नगरपालिका–८ स्थित रिस्तीमा आज पुनः मतदान हुने भएको छ । पुनः मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाका प्रमुख उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले रद्द गरेको मतदान हुन लागेको हो ।

पुनः मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार गाविस भवन फेदी मतदान (क) र (ख) मा मतदान अधिकृत नियुक्त गरेर परिचालन गरिसकिएको छ । ९क० मतदान केन्द्रमा सात सय ५६ र ९ख० मतदान केन्द्रमा आठ सय २० मतदाता रहेका छन् ।

पुनः मतदान कार्यलाई सुरक्षित बनाउन सुरक्षा व्यवस्था चुस्त बनाइएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले मतदान केन्द्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको छ । बिहान ७ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरिएको हो ।

उक्त मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार र निजको प्रतिनिधि, निर्वाचनमा खटिएका कर्मचारी, अनुमतिप्राप्त व्यक्ति वा संस्थाका प्रतिनिधि र सुरक्षामा खटिएका कर्मचारीबाहेक अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।

देवघाटका नवनिर्वाचित अध्यक्षद्वारा शपथग्रहण

देवघाट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तिलबहादुर थापाले शपथग्रहण गर्नुभएको छ । कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित थापाले मङ्गलबार मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानासमक्ष शपथग्रहण गर्नुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नवनिर्वाचित अध्यक्ष थापालाई शपथग्रहण गराइएको थियो । जिल्लाका पालिका प्रमुखलाई न्यायाधीशले शपथग्रहण गराउने र पालिकाका अन्य जनप्रतिनिधिलाई सम्बन्धित पालिकाको प्रमुखले शपथग्रहण गराउने व्यवस्था रहेको छ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट थापाले एमालेका दुर्गबहादुर थापालाई पराजित गर्नुभएको थियो ।

यसैबीच आँबुखैरेनी गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडाध्यक्षलगायत सदस्यलाई प्रमाणपत्र वितरण गरेको हो ।