• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी

पोखरामा गणना ढिलो भएपछि मतगणनास्थल थप



पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीका पाँच पालिकामध्ये चार गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाको परिणाम सार्वजनिक भइसक्दा पनि पोखरा महानगरको गणना जारी छ ।

वैशाख ३१ गतेबाट पोखराको मतगणना सुरु भएकामा महानगरका ३३ वडामध्ये हालसम्म वडा नं १, २, ४, १२ र २३ को मात्र अन्तिम परिणाम घोषणा भएको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनमा पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेकामा चार दिनमा ३१ हजार मतमात्र गणना गरिएको छ ।

पोखरामा अझै २९ वडाको परिणाम आउन बाँकी छ । मतगणना सुस्तगतिमा भइरहेकाले पोखरा अन्तिम परिणाम आउन अझै लामो समय कुर्नुपर्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुईवटा गणनास्थल थप गरेको छ । मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार मङ्गलबार रातिदेखि दुई मतगणनास्थल थप गरिएको हो ।

पोखराका गणना अहिले नगर विकास समितिको सभाहल र जिल्ला समन्वयको हलमा छ मतगणनास्थलको १० सर्कलबाट भइरहेकामा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको भवनमा गणनास्थल थप गरिएको हो । गणनास्थल थपपछि गणना छिटो हुने विश्वास लिइएको छ ।

पोखरामा अहिलेसम्म ३१ मतगणना सकिँदा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १२ हजार ९४५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का कृष्णबहादुर थापाको ११ हजार १५० मत छ । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाटले १३ हजार २३३ मतसहित अग्रता बनाएकी छन् । एमालेका मञ्जुदेवी गुरुङको १२ हजार ७२८ मत छ ।