७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलञ्जोरमा एमाले विजयी



अ+ अ-

सिन्धुली । यहाँको गोलञ्जोर गाउँपालिकामा गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका शङ्कर बरालले कांग्रेसका उम्मेदवार पुष्प कार्कीलाई पछि पर्दै विजयी हुनुभएको हो ।

बरालले चार हजार ७४४ मत प्राप्त गर्दा कार्कीले चार हजार ४६३ मत प्राप्त गर्नुभयो । गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का ज्वालाप्रसाद न्यौपाने विजयी हुनुभएको छ । उहाँले चार हजार २४२ मत प्राप्त गर्दा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार ममता देवकोटाले तीन हजार ८३८ मत प्राप्त गर्नुभएको छ ।

सातवटा वडा रहेको गोलञ्जोरमा दुई वडा माओवादी, दुई वडा एमाले र तीन वडा कांग्रेसले विजय हासिल गरेको छ । माआोबादीबाट वडा नं १ मा सोमप्रसाद बराल, वडा नं ३ मा केपी पोखरेल विजयी हुनुभएको छ । कांग्रेसबाट वडा नं २ मा दौलत कार्की, वडा नं ४ मा भक्तबहादुर भुजेल, वडा नं ६ मा रबिन श्रेष्ठ विजयी हुनुभएको छ । एमालेले दुईवटा वडामा विजय हासिल गरेको छ । वडा नं ५ मा गोबिन्दबहादुर लुङ्गेली, वडा नं ७ मा रेगनराज थापा विजयी हुनुभएको हो ।