७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभाको चिचिला गाउँपालिकामा कांग्रेस विजयी



अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्व शेर्पा भोटे एक हजार ८६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिपुप्रसाद राईले ९०९ मत पाउनुभएको छ । चिचिलामा एमाले तेस्रो भएको छ । नेकपा एमालेका रामबहादुर गुरुङले ९०१ मत पाउनुभएको छ । माओवादीका राईलाई ९५२ मत अन्तरले हराउँदै अध्यक्षमा शेर्पा दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा कांग्रेसकै मनकला राई विजयी हुनुभएको छ । उपाध्यक्ष राईले एक हजार ८५४ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विष्णुकुमारी राईले ९३४ मत पाउनुभएको छ । यसअघि चिचिला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो ।