• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी



Nepali Congress

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का (विजय) र उपप्रमुखका उम्मेदवार रहनुभएकी कलावती महर (साउद) निर्वाचित हुनुभएका छ । विगत २५ वर्षपछि नेपाली कांग्रेसले यो नगरपालिकामा विजयी हुन सफल भएको हो ।

नगर प्रमुखमा खड्काले कूल पाँच हजार १३८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले तीन हजार ५१५ मत प्राप्त गर्नुभएको छ । नगरप्रमुखमा गठबन्धन दलका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का खगेन्द्रबहादुर साउद (केबी) ले एक हजार ९८३ मत प्राप्त गर्नुभएको छ । राप्रपाबाट नगरप्रमुखकै उम्मेदवार बन्नुभएका रोशन भण्डारीले ५६, जसपाकी कलादेवी श्रेष्ठले १४, राष्ट्रिय जनमोर्चाका नरेश आलेले ५ र स्वतन्त्र उम्मेदवार अशोक विकले ४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेपाली कांग्रेसबाट उपप्रमुखका उम्मेदवार बन्नुभएकी कलावती महर (साउद) ले चार हजार ७६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुपा कठायतले चार हजार १२९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा ९एकीकृत समाजवादी० का ऐश्वर्या भण्डारी (विष्ट) ले ५७८ मत प्राप्त गर्नुभएको छ ।