१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ स्थानीय तहमा शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न



अ+ अ-

काठमाडौं । राजनीतिक विवाद र उम्मेदवारको निधनका कारण गत वैशाख ३० गते स्थगन भएकामध्ये आठ स्थानीय तहका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा आज शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार आज कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका सबै मतदानस्थल, दाङको तुलसीपुर उपमहानगरपालिका–१७, सिरहाको गोलबजार नगरपालिका–११ र सर्लाहीको बरथहवा नगरपालिका–१७, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ को श्रीराम मावि मतदानस्थलका दुई मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो ।

यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिका–५ को नवज्योति माविका दुई मतदान केन्द्र, धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको तीन मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को विजय माविको एक मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरपालिकाको पिस क्रियटिभ एकेडेमीस्थित एक मतदान केन्द्रमा आज मतदान भएको छ ।

राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ । उदयपुरको त्रियुगा नगरपालिका र बाजुराका विभिन्न स्थानीय तहमा निर्वाचनको मिति तय गर्ने वा वैशाख ३० गते भएको निर्वाचनलाई मान्यता दिने भन्नेमा छलफल चलिरहेको छ ।

स्थगन भएकामध्ये जेठ १ गते ७ र २ गते १३ मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ ।