७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंले अग्रता कायमै



अ+ अ-

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले चार हजार ६५९ मतान्तरले अग्रतालाई निरन्तरता दिनुभएको छ ।

जसअनुसार सिंह आठ हजार ४७५ मतसहित अग्रता कायम गर्नुभएको हो भने नेकपा ९एमाले०का उम्मेदवार विजयकुमार सरावगीले तीन हजार ८१६ मतसहित उहाँसँग प्रतिस्र्धामा हुनुहुन्छ । महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार वीरगञ्ज महानगरपालिका–१, ३१ र ३२ मतगणना सकिएको छ भने वडा नं २, ३, ४, ५, २९ र ३० को मतगणना जारी छ ।

मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्नेछ । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी ९जसपा०का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो । यद्यपि पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलहरुबीच खासै तालमेल भएको छैन ।

पर्सामा मधेस प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीनवटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । पर्साका अन्य पालिकाहरुमा पनि मतगणना जारी छ ।

जिल्लाको १४ वटै पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरी व्यवस्थापना मिलाइएको छ । पर्सा जिल्लामा रहेका कूल १४ वटा पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनका लागि कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका हुन् । पर्सामा हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना मतदाता थिए ।

दुई वडामा जसपा र एकमा एमाले विजयी

मधेस प्रदेशमा रहेको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको दुई वडामा जनता समाजवादी पार्टी ९जसपा० र एउटा वडामा एमालेका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन् । वीरगञ्ज–१ मा जसपाका उम्मेदवार मनोज राउत कुर्मी, वडा नं ३२ मा जसपाकै रेयाज अहमद मिया र वडा नं ३१ मा एमालेका जितेन्द्र यादव वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।