७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरुवा गाउँपालिकाको अध्यक्षमा एमाले विजयी



अ+ अ-

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार सूर्यबहादुर कुँवर र उपाध्यक्षका भगवती शर्मा विजयी हुुनुभएको छ । निर्वाचन अधिकृत विश्वप्रसाद रेग्मीका अनुसार कुँवरले चार हजार ८७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेलले चार हजार ७४६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा भगवती शर्माले चार हजार ९३७ मत ल्याएर विजयी हुँदै गर्दा माओवादी केन्द्रका थमबहादुर गुरुङले तीन हजार ६७६ मत प्राप्त गर्नुभयो । आठ वटा वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित तीन वडाध्यक्षमा एमाले, चार वडाध्यक्षमा कांग्रेस र एउटा वडाध्यक्षमा माओवादी केन्द्रले जितेको छ । गत २०७४ सालको स्थानीय निर्वाचनमा बिरुवा गाउँपालिकामा एमालेले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा जितेको थियो ।

बिरुवा गाउँपालिकामा कूल १६ हजार ५९९ मतदाता रहेकामा १० हजार ४६० मत खसेको थियो । कूल मतदाताको ६३।०२ प्रतिशत मत खसेको बिरुवामा चार हजार ९८२ पुरुष र पाँच हजार ४७८ महिलाले मतदान गरेका निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनुभयो ।