८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नुवाकोटका चार पालिकामा कांग्रेस र एकमा एमाले विजयी

नुवाकोटका चार पालिकामा कांग्रेस र एकमा एमाले विजयी
अ अ+ अ-

नुवाकोट । नुवाकोटको पाँच स्थानीय तहमध्ये चारमा नेपाली कांग्रेस र एउटामा नेकपा एमाले विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिकाको अध्यक्षमा आशा तामाङले तीन हजार २०९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सुकबहादुर तामाङले दुई हजार ५९२ मत ल्याउनुभएको छ । आशा तामाङ अध्यक्षमा पुनः दोहोरिनुभएको छ । यसैगरी उपाध्यक्षमा कांग्रेसका सीता तामाङले तीन हजार ७३१ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गङ्गामाया तामाङ दुई हजार ४२ मत ल्याउनुभएको छ ।

त्यस्तै सोही गाउँपालिकको वडा नं १ मा कांग्रेसका जीमाबहादुर तामाङ, वडा नं २ मा नेकपा एमालेका सन्तवीर तामाङ, वडा नं ३ मा कांग्रेसका हरिबहादुर तामाङ, वडा नं ४ मा स्वतन्त्र उम्मेदवार कमलबहादुर तामाङ र वडा नं ५ मा नेपाली कांग्रेसका जीतबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै, सूर्यगढी गाउँपालिकामा कांग्रेसका सन्तबहादुर तामाङ तीन हजार ७५९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र रिजालले दुई हजार ८८९ मत ल्याउनुभएको छ । उपाध्यक्षमा कांग्रेसका मन्जु बुढाथोकीले तीन हजार २०३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका गङ्गा आचार्यले दुई हजार ९३२ मत ल्याउनुभएको छ । अध्यक्ष र उपाध्यक्षमा निर्वाचित तामाङ र बुढाथोकी दुवैले दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो ।

सूर्यगढीको वडा नं १ मा माओवादी केन्द्रका राजकुमार तामाङ, वडा नं २ मा कांग्रेसका दीपक अधिकारी, वडा नं ३ मा एमालेका पिङ्गलबहादुर थापामगर, वडा नं ४ मा नेपाली कांग्रेसका रामशरण राई र वडा नं ५ मा नेपाली कांग्रेसकै अच्युतराज ढकाल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

यस्तै, तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तमान तामाङ निर्वाचित हुनुभएको छ । तामाङले जिल्ला समन्वय समितिको प्रमुखबाट राजीनामा दिएर पालिकाको अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । तामाङले तीन हजार २४१ मत ल्याएर निर्वाचित भएका हुन् । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका किरणकुमार रिजालले दुई हजार ५१८ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका सन्जु प्याकुरेल विजयी हुुनुभएको छ । उहाँले तीन हजार तीन सय ९७ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईश्वरी उप्रेतीले दुई हजार ७७८ मत ल्याउनुभएको हो । यसैगरी सो गाउँपालिकाको वडा नं १ मा कांग्रेसका नकुरदोङ तामाङ, वडा नं २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा नं ३ मा कांग्रेसका सोनाम थिङ तामाङ, वडा नं ४ मा माओवादी केन्द्रका अश्विनकुमार पाण्डे, वडा नंं ५ का एमालेका सरोज भण्डारी र वडा नं ६ मा माओवादी केन्द्रका शेरमान तामाङ निर्वाचित भएका छन् ।

यस्तै, तारकेश्वर गाउँपालिकामा कांग्रेसका शिव अधिकारीले पाँच हजार ६६५ मत ल्याएर अध्यक्षमा विजयी हुनुुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमेशबहादुर वस्तीले तीन हजार ३४१ मत ल्याएका छन् । वस्ती २०७४ सालमा एमालेबाट अध्यक्षमा विजयी भएका थिए ।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमालले चार चार ६५८ मत ल्याएर निर्वाचित भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कोपिता भट्टले तीन हजार ३९२ मत ल्याएकी छिन् । यो गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस, माओवादी, नेकपा एसबीच गठबन्धन भएको थियो ।

वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका चक्रबहादुर तामाङ, वडा नं २ मा एमालेका शिव पनेरु, वडा नं ३ मा कांग्रेसका सूर्यमान श्रेष्ठ, वडा नं ४ मा एमालेका हरिबहादुर पौडेल, वडा नं ५ मा कांग्रेसका अशोक तामाङ र वडा नं ६ एमालेका नारायणप्रसाद रिमाल निर्वाचित भएको सहायक निर्वाचन अधिकृत राजु अधिकारीले जानकारी दिए ।

यसैगरी किस्पाङको अध्यक्षमा एमालेका वीरबल तामाङ विजयी हुनुभएको छ । उहाँले तीन हजार ६३८ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको निटकतम प्रतिद्वन्द्वी कांग्रेसका छत्रबहादुर लामाले तीन हजार ४५२ मत ल्याउनुभएको छ । लामा यसअघि किस्पाङको अध्यक्ष हुनुहुन्थ्यो ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुन न्यौपानेले तीन हजार ७१२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीलकुमारी मोक्तानले तीन हजार १७७ मत ल्याउनुभएको छ । किस्पाङमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

किस्पाङको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका पशुपति घले, वडा नं १ मा माओवादी केन्द्रका बद्रीप्रसाद देवकोटा, वडा नं ३ मा माओवादी केन्द्रका सुरेन्द्र तामाङ, वडा नं ४ कांग्रेसका विनोद तामाङ र वडा नं ५ मा कांग्रेसकै प्रकाश तामाङ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो ।

जिल्लाका अन्य स्थानीय तहमा मत गणना भइरहेको छ ।