१५ भाद्र २०८३, सोमबार
,
Latest
लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीका आठ तहमा मिश्रित परिणाम



अ+ अ-

बैतडी । बैतडीका आठ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १० स्थानीय तह रहेको जिल्लामा पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेक अन्य तहको मतपरिणाम सार्वजनिक भएको हो ।

बैतडीमा हालसम्म नेपाली कांग्रेस र नेकपा (एमाले)ले तीन/तीन, नेकपा (माओवादी केन्द्र)ले एक र स्वतन्त्रले एक तहमा जित हासिल गरेका हुन् । कांग्रेसले पाटन नगर, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिका प्रमुखमा विजयी प्राप्त गरेको छ । एमालेले दशरथचन्द नगर, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा जित हासिल गरेको हो । त्यस्तै माओवादीका उम्मेदवार मेलौली नगर र स्वतन्त्र डिलाशैनी गाउँपालिकामा विजयी भएका छन् ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा एमालेकै बीना भट्ट विजयी हुनुभएको छ । यस्तै शिवनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णसिंह साउद र उपाध्यक्षमा एमालेका सकुन्तला साउद विजयी हुनुभएको हो । मेलौली नगर प्रमुखमा माओवादीका भीमबहादुर चन्द र उपप्रमुखमा कांग्रेसका पार्वती बोहरा विष्ट विजयी हुनुभएको छ ।

यस्तै दशरथचन्द नगर प्रमुखमा एमालेका पुष्करराज जोशी र उपप्रमुखमा कांग्रेसका कौशिला चन्द विजयी हुनुभएको छ । पाटन नगर प्रमुखमा कांग्रेसका गौरीसिंह रावल र उपप्रमुखमा माओवादीका कमलसिंह बोहरा विजयी हुनुभएको हो । यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर र उपाध्यक्षमा नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी हुनुभएको छ ।

सिगासको अध्यक्षमा कांग्रेसका हरिसिंह धामी र उपाध्यक्षमा एमालेका धाना धामी विजयी हुनुभएको छ भने डिलाशैनीको अध्यक्षमा स्वतन्त्रका सन्तोशप्रकाश जोशी र उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहराले जित हासिल गर्नुभएको छ ।




भर्खरै