१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाको नाम्खामा गठबन्धनको जित



अ+ अ-

सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेम लामाले जित हासिल गर्नुभएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी हुनुभएको छ ।

अध्यक्षमा लामाले एक हजार ४६६ मतकासाथ विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपाध्यक्षमा लामाले एक हजार ९४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी लाक्पानुर्बु लामाले ५६५ मत ल्याउनुभयो ।

तीन हजार १८२ मत रहेको नाम्खामा दुई हजार ३७१ मत खसेको थियो ।