७ पुष २०८२, सोमबार
,
Latest
विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायण नगरमा एमाले निर्वाचित



अ+ अ-

दैलेख । दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको छ । एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गर्नुभयो ।

प्रमुखमा निर्वाचित शर्माले पाँच हजार ४३६ मत प्राप्त गर्नुभएको छ । थापाले पाँच हजार ३५७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेको तप्ताकुमारी खड्काले गठबन्धनकै उम्मेदवार नेकपा (एकीकृत समाजवादी)को सावित्री मल्ललाई एक हजार ८३५ मतान्तरले पराजित गर्नुभयो । उपप्रमुखमा निर्वाचित खड्काले पाँच हजार ६७३ मत प्राप्त गर्नुभएको छ ।