• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

डडेल्धुरामा कांग्रेस अगाडि



डडेल्धुरा । डडेल्धुराका सातवटा स्थानीयतहमध्ये छ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । यी छमध्ये चारवटामा कांग्रेस विजयी भएको छ भने दुई मा नेकपा (माओवादी केन्द्र) विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका–१० वडासहित प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । अमरगढीमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी हुनुभएको हो । प्रमुखमा जोशीले तीन हजार ६१९ र उपप्रमुखमा झुकालले तीन हजार ६७८ मत ल्याई विजयी हुनुभएको हो । अमरगढीमा नौ हजार ७९२ मत खसेको थियो ।

त्यसैगरी जिल्लाको भागेश्वर गाउँपालिकामा पनि नेपाली कांग्रेसकै हेमराज चटौत र पुष्पा ठकुराठी क्रमशः अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएको हो । भागेश्वर गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमराज चटौत दुई हजार ३११ मतल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार रामबहादुर शाहीलाई एक हजार २३३ मतान्तरले पराजित गर्नुभएको हो ।

पराजित रामबहादुर शाहीले एक हजार ७८ मत ल्याउनुभएको छ भने उपाध्यक्षमा पुष्पा ठकुराठीले दुई हजार ३४८ मतल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका गीता भट्टले ८३२ मत ल्याउनुभएको छन् । भागेश्वरमा कांग्रेसले चार वडासहित पालिकामा छ ।

त्यसैगरी गन्यापधुरा गाउपालिकामा पनि चार वडासहित अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका इन्द्र कार्की र ज्ञानु सेठी विजयी हुनुभएको छ । नवदुर्गा गाउँपालिकामा पनि कांग्रेसले दुई वडासहित अध्यक्ष उपाध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र निर्मला विष्ट बोगटीले जित हासिल गर्नुभएको छ ।

अजयमेरु गाउँपालिकामा नेकपा माओवादीका उमेशप्रसाद भट्ट विजयी हुनुभएको छ । भट्ट दोस्रो कार्याकालका लागि पुनः विजयी हुनुभएको हो । अजयमेरु गाउँपालिकाका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार उमेशप्रसाद भट्ट दुई हजार ४६९ मत ल्याई विजयी हुनुभएको हो । उपाध्यक्षमा भने कांग्रेसका उमेदवार वसन्ती पालले दुई हजार ५६५ मतल्याई विजयी हुनुभएको छ ।