१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीका पाँच पालिका र ४० वडाको मतपरिणाम टुङ्गियो



अ+ अ-

म्याग्दी । स्थानीय तह निर्वाचन अन्तर्गत सोमबार बिहानसम्म म्याग्दीका पाँच वटा स्थानीय तह र ३८ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष दुवै, एउटामा प्रमुख, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपप्रमुख र एक उपाध्यक्ष जितेका छन् ।

मतपरिणाम सार्वजनिक भएका ४० वटा वडामध्ये एमालेले २०, कांग्रेसले १४ र माओवादीले ६ वडामा जित हासिल गरेका छन् । अन्नपूर्ण गाउँपालिका र ५ वटा वडाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । वैशाख ३० गते भएको स्थानीय तह चुनावमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । कूल ८५ हजार ३७५ जना मतदाता रहेकोमा ५६ हजार ५४३ अथवा ६६।२३ प्रतिशत मत खसेको थियो ।

बेनी नगरपालिकाको प्रमुखमा एमालेका सुरत केसी र उपप्रमुखमा माओवादीकी ज्योति लामिछाने पौडेल निर्वाचित हुनुभएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ती निर्वाचित हुनुभयो । रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी हुनुभएको छ । मङ्गला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेकी प्रेमकुमारी अधिकारी निर्वाचित हुनुभएको छ ।

धवलागिरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा माओवादी केन्द्रका रेशम पुन विजयी हुनुभएको छ । स्थानीय तह चुनावमा धवलागिरिमा कांग्रेस र माओवादीले तालमेल गरेका थिए । एमालेबाट बेनपा १ मा टेकबहादुर थापा, ५ मा गोविन्द बानियाँ, ६ मा कृष्णसिंह बानियाँ, ८ मा उत्तमकुमार कर्माचार्य, १० मा मसवीर रोका, मङ्गला १ कुहुँमा एकतिज रोका, २ बाबियाचौरमा धनबहादुर खाती क्षेत्री, ५ मा भूपेन्द्र खत्री, मालिका २ मा उदयबहादुर बुढाथोकी, ६ मा पथबहादुर रोका, ७ मा टकलाल पुन, धवलागिरि २ मा अकबहादुर विक, ४ मा यामबहादुर घर्ती, ६ मा राजाराम उपाध्याय, रघुगङ्गा २ भगवतिमा अमृत भण्डारी, ३ पिप्लेमा खिमबहादुर शाही, ७ मा रिम पाइजा, अन्नपूर्ण १ दोवामा दिलीपकुमार गर्बुजा, २ भुरुङ तातोपानीमा ओमप्रकाश फगामी र ३ मा रमेश पूर्जा विजयी हुनुभएको छ ।

कांग्रेसबाट बेनपा २ मा याम कार्की, ७ मा रमेशकुमार श्रेष्ठ, ९ मा चक्र केसी, मङ्गला ४ मा लालबहादुर रोका, मालिका १ मा टङ्कप्रसाद पुन, ४ मा भिजेन्द्रमान पुन, ५ मा मीम पुन, धवलागिरिमा ३ मा देवेन्द्र रोका, ५ मा अमर छन्त्याल, रघुगङ्गा १ मा बिलबहादुर फगामी, ४ मा पविन गर्बुजा, ५ मा मनबहादुर शेरपूर्जा, ६ मा मनकुमार शेरपुञ्जा र ८ मा गमान छन्त्याल निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्रबाट बेनपा– ३ मा पदम पुन, ४ मा अणबहादुर खड्का, मङ्गला ३ मा याम रोका, मालिका ३ मा मोतिप्रसाद बुढा, धवलागिरी १ मा झकबहादुर छन्त्याल र ७ मा अशोक खत्री निर्वाचित हुनुभएको छ ।