८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

म्याग्दीका पाँच पालिका र ४० वडाको मतपरिणाम टुङ्गियो

म्याग्दीका पाँच पालिका र ४० वडाको मतपरिणाम टुङ्गियो
अ अ+ अ-

म्याग्दी । स्थानीय तह निर्वाचन अन्तर्गत सोमबार बिहानसम्म म्याग्दीका पाँच वटा स्थानीय तह र ३८ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष दुवै, एउटामा प्रमुख, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपप्रमुख र एक उपाध्यक्ष जितेका छन् ।

मतपरिणाम सार्वजनिक भएका ४० वटा वडामध्ये एमालेले २०, कांग्रेसले १४ र माओवादीले ६ वडामा जित हासिल गरेका छन् । अन्नपूर्ण गाउँपालिका र ५ वटा वडाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । वैशाख ३० गते भएको स्थानीय तह चुनावमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । कूल ८५ हजार ३७५ जना मतदाता रहेकोमा ५६ हजार ५४३ अथवा ६६।२३ प्रतिशत मत खसेको थियो ।

बेनी नगरपालिकाको प्रमुखमा एमालेका सुरत केसी र उपप्रमुखमा माओवादीकी ज्योति लामिछाने पौडेल निर्वाचित हुनुभएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ती निर्वाचित हुनुभयो । रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी हुनुभएको छ । मङ्गला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेकी प्रेमकुमारी अधिकारी निर्वाचित हुनुभएको छ ।

धवलागिरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा माओवादी केन्द्रका रेशम पुन विजयी हुनुभएको छ । स्थानीय तह चुनावमा धवलागिरिमा कांग्रेस र माओवादीले तालमेल गरेका थिए । एमालेबाट बेनपा १ मा टेकबहादुर थापा, ५ मा गोविन्द बानियाँ, ६ मा कृष्णसिंह बानियाँ, ८ मा उत्तमकुमार कर्माचार्य, १० मा मसवीर रोका, मङ्गला १ कुहुँमा एकतिज रोका, २ बाबियाचौरमा धनबहादुर खाती क्षेत्री, ५ मा भूपेन्द्र खत्री, मालिका २ मा उदयबहादुर बुढाथोकी, ६ मा पथबहादुर रोका, ७ मा टकलाल पुन, धवलागिरि २ मा अकबहादुर विक, ४ मा यामबहादुर घर्ती, ६ मा राजाराम उपाध्याय, रघुगङ्गा २ भगवतिमा अमृत भण्डारी, ३ पिप्लेमा खिमबहादुर शाही, ७ मा रिम पाइजा, अन्नपूर्ण १ दोवामा दिलीपकुमार गर्बुजा, २ भुरुङ तातोपानीमा ओमप्रकाश फगामी र ३ मा रमेश पूर्जा विजयी हुनुभएको छ ।

कांग्रेसबाट बेनपा २ मा याम कार्की, ७ मा रमेशकुमार श्रेष्ठ, ९ मा चक्र केसी, मङ्गला ४ मा लालबहादुर रोका, मालिका १ मा टङ्कप्रसाद पुन, ४ मा भिजेन्द्रमान पुन, ५ मा मीम पुन, धवलागिरिमा ३ मा देवेन्द्र रोका, ५ मा अमर छन्त्याल, रघुगङ्गा १ मा बिलबहादुर फगामी, ४ मा पविन गर्बुजा, ५ मा मनबहादुर शेरपूर्जा, ६ मा मनकुमार शेरपुञ्जा र ८ मा गमान छन्त्याल निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्रबाट बेनपा– ३ मा पदम पुन, ४ मा अणबहादुर खड्का, मङ्गला ३ मा याम रोका, मालिका ३ मा मोतिप्रसाद बुढा, धवलागिरी १ मा झकबहादुर छन्त्याल र ७ मा अशोक खत्री निर्वाचित हुनुभएको छ ।