३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश खरेलको सुशासन पार्टीले जित्यो पर्सामा वडाध्यक्ष



फाइल फोटो
अ+ अ-

काठमाडौँ । पर्साको पोखरिया नगरपालिकाको वडा नं ९ को वडाध्यक्षमा सुशासन पार्टीले विजय हासिल गरेको छ । सुशानस पार्टी पूर्व डीआईजी रमेश खरेलले नेतृत्व गरेको दल हो ।

सुशासन पार्टीका नौसाद आलम ८७७ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबाुबुप्रसाद चौहानले ६७८ र नेकपा (एमाले) का रामेश्वर महतो चाईले ५०८ मत प्राप्त गरेका छन् ।

सो नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका सुशासन पार्टीका शंकर राउत अहिर दुई हजार २१६ मतसहित दोस्रो स्थानमा रहेका छन् । उनीभन्दा अघि एमालेका प्रदुमनप्रसाद चौहानको दुई हजार ९५७ मत रहेको छ ।