३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोखामा प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता



Nepali Congress
अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिनुभएको छ ।

कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले आठ हजार ४३० मत ल्याई अग्रता लिनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले आठ हजार २२६ मत प्राप्त गर्नुभएको टोखाका निर्वाचन अधिकृत सविता शर्माले राससलाई जानकारी दिनुभयो ।

यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिनुभएको छ । तामाङले आठ हजार ४११ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ज्ञानमायाँ डङ्गोलले सात हजार ६६३ मत प्राप्त गर्नुभएको छ ।

टोखाको हालसम्म आठवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । तीमध्ये वडा नं १ मा नेपाली कांग्रेसका रमेशकुमार लामिछाने, वडा नं २ मा नेकपा एमालेका धर्मेन्द्र श्रेष्ठ, वडा नं ३ मा एमालेकै रमेश डङ्गोल, वडा नं ४ मा एमालेका धर्मेन्द्र श्रेष्ठ र वडा नं ५ मा एमालेकै मदन गुरुङ अध्यक्षमा विजयी हुनुभएको छ ।

यस्तै, वडा नं ६ मा कांग्रेसका शान्ता खनाल, वडा नं ७ मा एमालेका नरोत्तम राना र वडा नं ८ मा एमालेकै रमेश खत्री अध्यक्षमा विजयी हुनुभएको छ । टोखामा अहिले वडा नं ९, १० र ११ को मतगणना भइरहेको छ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको निर्वाचन अधिकृत शर्माले बताउनुभयो । रासस