११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन–आश्रित स्मृति दिवस : लोकतान्त्रिक शक्तिबीच अझै एकता आवश्यक



अ+ अ-

काठमाडौँ । मदन भण्डारी फाउन्डेसनले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज ‘आश्रित’ को रहस्यमय जीप दुर्घटनामा परी भएको निधनको घटनाले नेपालको कम्युनिष्ट आन्दोलनलाई मात्र नभई लोकतान्त्रिक आन्दोलनलाई धेरै पछाडि धकेलिदिएको बताएको छ ।

फाउन्डेसनका सचिव पेम्बा लामाले मंगलबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यद्यपि जननेता भण्डारी र कुशल संगठक आश्रितको योगदानको फलस्वरुप नेपाली जनताले समाजवादउन्मुख संविधान प्राप्त गर्न सफल भएको बताउनुभएको छ ।

नेपाली भूमिमा कम्युनिष्ट तथा लोकतान्त्रिक शक्तिहरुले राज्य सञ्चालन गर्ने अवसरहरु प्राप्त गरेको भएको पनि अझै लोकतान्त्रिक शक्तिहरु विरुद्ध षड्यन्त्रको शृंखला चलिरहेकाले आज पनि लोकतान्त्रिक शक्तिहरुबीचको एकता आवश्यक भएको फाउन्डेसनले उल्लेख गरेको छ ।

जननेता भण्डारी र कुशल संगठक आश्रितको स्मृति दिवसको सन्दर्भमा उहाँहरुलाई सम्झिरहँदा देश र जनताको हितलाई सर्वोपरी मानेर समृद्ध नेपाल, सुखी नेपालीको ध्येय प्राप्त गर्न एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता टड्कारो देखिएको विज्ञप्तिमा उल्लेख छ ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जननेता भण्डारी र आश्रितको रहस्यमय जीप दुर्घटनामा परी निधन भएको थियो । सो घटनाको रहस्य अझै पत्ता लाग्न सकेको छैन ।