३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन–आश्रित स्मृति दिवस : लोकतान्त्रिक शक्तिबीच अझै एकता आवश्यक



अ+ अ-

काठमाडौँ । मदन भण्डारी फाउन्डेसनले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज ‘आश्रित’ को रहस्यमय जीप दुर्घटनामा परी भएको निधनको घटनाले नेपालको कम्युनिष्ट आन्दोलनलाई मात्र नभई लोकतान्त्रिक आन्दोलनलाई धेरै पछाडि धकेलिदिएको बताएको छ ।

फाउन्डेसनका सचिव पेम्बा लामाले मंगलबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यद्यपि जननेता भण्डारी र कुशल संगठक आश्रितको योगदानको फलस्वरुप नेपाली जनताले समाजवादउन्मुख संविधान प्राप्त गर्न सफल भएको बताउनुभएको छ ।

नेपाली भूमिमा कम्युनिष्ट तथा लोकतान्त्रिक शक्तिहरुले राज्य सञ्चालन गर्ने अवसरहरु प्राप्त गरेको भएको पनि अझै लोकतान्त्रिक शक्तिहरु विरुद्ध षड्यन्त्रको शृंखला चलिरहेकाले आज पनि लोकतान्त्रिक शक्तिहरुबीचको एकता आवश्यक भएको फाउन्डेसनले उल्लेख गरेको छ ।

जननेता भण्डारी र कुशल संगठक आश्रितको स्मृति दिवसको सन्दर्भमा उहाँहरुलाई सम्झिरहँदा देश र जनताको हितलाई सर्वोपरी मानेर समृद्ध नेपाल, सुखी नेपालीको ध्येय प्राप्त गर्न एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता टड्कारो देखिएको विज्ञप्तिमा उल्लेख छ ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जननेता भण्डारी र आश्रितको रहस्यमय जीप दुर्घटनामा परी निधन भएको थियो । सो घटनाको रहस्य अझै पत्ता लाग्न सकेको छैन ।