११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेपलाञ्चोकको भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी



अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएको छ ।

गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेमबहादुर भुजेलले पाँच हजार ७९२ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले चार हजार ५६८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका जीतेन्द्रमान तामाङले छ हजार ९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी कल्पना कुमारी श्रेष्ठले चार हजार २९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रुद्र कोइरालाले जानकारी दिनुभयो ।

सो पालिकाको वडा नं १ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का लेखबाहदुर श्रेष्ठ, वडा नं २ मा नेपाली कांग्रेसका सुजन भण्डारी, वडा नं ३ मा नकेपा एमालेका ज्ञानबहादुर तामाङ, वडा नं ४ मा नेकपा एमालेका लोकबहादुर कुँवर, वडा नं ५ मा नेपाली कांग्रेसका अञ्चलकुमार मोक्तान, वडा नं ६ मा नेकपा एमालेका भरतबहादुर शिवभक्ति, वडा नं ७ मा एमालेकै रमेशराज खरेल, वडा नं ८ मा नेकपा (एकीकृत समाजवादी)का मोतीलाल तामाङ, वडा नं ९ मा कांग्रेसका दलबहादुर तामाङ र वडा नं १० मा नेकपा एमालेका केशरमान लामा विजयी हुनुभएको छ ।

जिल्लाका अन्य पालिकामा मतगणना जारी छ ।