१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेपलाञ्चोकको भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी



अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएको छ ।

गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेमबहादुर भुजेलले पाँच हजार ७९२ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले चार हजार ५६८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका जीतेन्द्रमान तामाङले छ हजार ९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी कल्पना कुमारी श्रेष्ठले चार हजार २९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रुद्र कोइरालाले जानकारी दिनुभयो ।

सो पालिकाको वडा नं १ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का लेखबाहदुर श्रेष्ठ, वडा नं २ मा नेपाली कांग्रेसका सुजन भण्डारी, वडा नं ३ मा नकेपा एमालेका ज्ञानबहादुर तामाङ, वडा नं ४ मा नेकपा एमालेका लोकबहादुर कुँवर, वडा नं ५ मा नेपाली कांग्रेसका अञ्चलकुमार मोक्तान, वडा नं ६ मा नेकपा एमालेका भरतबहादुर शिवभक्ति, वडा नं ७ मा एमालेकै रमेशराज खरेल, वडा नं ८ मा नेकपा (एकीकृत समाजवादी)का मोतीलाल तामाङ, वडा नं ९ मा कांग्रेसका दलबहादुर तामाङ र वडा नं १० मा नेकपा एमालेका केशरमान लामा विजयी हुनुभएको छ ।

जिल्लाका अन्य पालिकामा मतगणना जारी छ ।