१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शङ्खरापुरको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेसको अग्रता



अ+ अ-

काठमाडौँ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले अग्रता लिनुभएको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा नापितले तीन हजार ७०३ मत पाउनुभएको हो ।

उहाँलाई पछ्याउँदै नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले तीन हजार ४८५ मत प्राप्त गर्नुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमालेका कृष्णलाल बजगाइँले तीन हजार १०६ मत पाउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का मधु (नीरज) केसीले दुई हजार ८५ मतका साथ प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी समिता श्रेष्ठको अग्रता छ । उहाँले पाँच हजार ५३४ मत पाउनुभएको छ । राप्रपाकी विजयकुमारी वाइवाले दुई हजार ५४२ मत पाउनुभएको छ । एमालेकी लक्ष्मी केसीले दुई हजार ३४० मतका साथ पछ्याउनुभएको छ । नेकपा मोवादीकी चण्डिका दङ्गालले दुई हजार १३२ मत पाउनुभएको छ ।

कुल २२ हजार ५०० मतदाता रहेको नगरपालिकामा १७ हजार १५० मत खसेको नगर निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिनुभयो । हालसम्म १४ हजार ४३३ मतगणना सम्पन्न भएको छ । दुई हजार ७१७ मत गन्न बाँकी रहेको उहाँले सुनाउनुभयो ।

४ मा काँग्रेस र ७ मा राप्रपा विजयी

नगरपालिकाको वडा नं. ४ मा कांग्रेसका वडा अध्यक्षसहित प्यानल विजयी भएको छ । कांग्रेसका सुनाबहादुर तामाङ नेतृत्वको समूह वडामा विजयी भएको हो । वडा नं. ७ मा राप्रपाका विष्णुप्रसाद श्रेष्ठ समूहसहित विजयी हुनुभएको छ । श्रेष्ठ विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि वडाअध्यक्ष विजयी हुनुभएको थियो । वडा नं १ एमाले, २ मा काँग्रेस, ३ मा माओवादी, ८ र ९ मा पनि कांग्रेस यसअघि नै निर्वाचित भइसकेका छन् ।

अहिलेसम्म नगरपालिकाको सात वटा वडाको मतगणना सकिएको छ । नौ वटा वडा रहेको नगरपालिकाको वडा नं ५ र ६ को अहिले मतगणना भइरहेको छ । आज बेलुकीसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने निर्वाचन कार्यालयको तयारी छ । यसअघिको निर्वाचनमा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । सो निर्वाचनमा पाँच वटा वडा पनि एमालेले जितेको थियो ।