१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीका छ स्थानीय तहको परिणाम सार्वजनिक, कांग्रेस अग्रस्थानमा



अ+ अ-

डोटी । डोटीका नौ स्थानीय तहमध्ये छवटाको मत परिणाम सार्वजनिक भएको छ । यीमध्ये बोगटान फुड्िसल गाउँपालिका, बडिकेदार गाउँपालिका, जोरायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र सायल गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कमलबहादुर गड्सिलाले दुई हजार ५८ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसका विष्नादेवी बमले दुई हजार ६३ मत ल्याएर निर्वाचित हुनुभएको छ । यस गाउँपालिकाकाअन्तर्गतका जम्मा सात वडामध्य नेकपा (एमाले) ले दुई, नेपाली कांग्रेस तीन र नेकपा (माओवादी केन्द्र) ले दुई वटा वडामा वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

उता बडिकेदार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुर साउँद निर्वाचित हुनुभएको छ । अध्यक्ष पदमा निर्वाचित साउँदले दुई हजार ३४३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्ष पदमा कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल) ले दुई हजार ४०७ मत ल्याएर निर्वाचित हुनुभएको छ । यस गाउँपालिकाअन्तर्गतका छ वडामध्ये नेकपा एमालेले दुई, कांग्रेस दुई र नेकपा माओवादी केन्द्रले एक वडामा वडाको अध्यक्ष पदमा जित हासिल गरेका छन् ।

यसैगरी डोटीको जोरायल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका दुर्गादत्त ओझाले तीन हजार ४४९ मतसहित अध्यक्ष पदमा विजयी हुनुभएको हो । उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ । एमालेकी जमुनाकुमारी बोहरा ९रोकाया० ले तीन हजार ५९९ मत प्राप्त गरेर विजयी हुनभएको हो । यस गाउँपालिकाकाअन्तर्गतका जम्मा छ वडामध्ये नेकपा एमालेले चार, नेपाली कांग्रेस दुई वटा वडामा वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसबाट तीन हजार ७७३ मतसहित अध्यक्षमा गणेशबहादुर खड्का विजयी हुनुभएको हो । उपाध्यक्षमा तीन हजार ६७४ मतसहित कांग्रेसकी लक्ष्मी रोकाया विजयी हुनुभएको छ । यस गाउँपालिकाकाअन्तर्गतका जम्मा सात वडामध्ये नेकपा एमालेले तीन, नेपाली कांग्रेसले चार वटा वडाको वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

पूर्वीचौकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । पाँच हजार १३३ मत ल्याएर अध्यक्षमा कांग्रेसका रामप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ भने चार हजार ७२४ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी पशुपति खड्का निर्वाचित हुनुभएको छ । यस गाउँपालिकाअन्तर्गतका सातवटै वडाको वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।

यसैगरी सायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । तीन हजार २४३ मत ल्याएर अध्यक्षमा कांग्रेसका धर्मराज जोशी विजयी हुनुभएको छ भने दुई हजार ९३७ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी निर्मला बोहरा ओली निर्वाचित हुनुभएको छ । यस गाउँपालिकाका छ वडामध्ये नेकपा एमालेले एक, नेपाली कांग्रेसले पाँच वटा वडाको अध्यक्ष पदमा जित हासिल गरेका छन् ।