२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको बेनीमा एमाले प्रमुख र माओवादी उपप्रमुख



अ+ अ-

म्याग्दी । बेनी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

नगरप्रमुखमा एमालेका सुरत केसीले सात हजार ६०३ र उपप्रमुखमा माओवादीकी ज्योति लामिछाने पौडेलले सात हजार ७३ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । प्रमुखमा नेपाली कांग्रेसका चिरञ्जीवी शर्माले छ हजार २३० र उपप्रमुखमा एमालेकी पशुपति शाहीले पाँच हजार ५०० मत पाएका छन् ।

बेनीको नगरप्रमुख, उपप्रमुख र पाँच वटा वडामा कांग्रेस र माओवादीले तालमेल गरेर साझा उम्मेदवार बनाएका थिए । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा २१ हजार ८४२ जना मतदाता रहेको बेनी नगरपालिकामा ६९।६४ प्रतिशत अथवा १५ हजार २११ मत खसेको थियो । १० वटा वडा रहेको बेनीको ५२ पदका लागि १५६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

एमालेले पाँच, कांग्रेसले तीन र माओवादीले दुई वटा वडाको अध्यक्ष जितेका छन् । वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा, दुईमा कांग्रेसका यामबहादुर कार्की, ३ मा माओवादीका पदम पुन, ४ मा माओवादीका भगवान खड्का, ५ मा एमालेका गोविन्द बानिया, ६ मा एमालेका कृष्णसिंह बानिया, ७ मा कांग्रेसका रमेश श्रेष्ठ, ८ मा एमालेका उत्तमकुमार कर्माचार्य, ९ मा कांग्रेसका चक्र केसी र १० मा एमालेका मसविर रोका वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।