५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर महानगर : प्रमुखमा कांग्रेसको अग्रता, छ वटा वडाको परिणाम सार्वजनिक



अ+ अ-

विराटनगर । स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायम नै रहेको छ ।

पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका उम्मेदवार कोइरालाले नौ हजार र उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सागर थापाले छ हजार ६६७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुखमा नेकपा एमालेका शिल्पा कार्कीले सात हजार ६४६, जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले चार हजार ८४४, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले दुई हजार ३०२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले एक हजार ६६९ मत प्राप्त गर्नुभएको छ ।

छवटा वडाको परिणाम सार्वजनिक

यसैगरी, विराटनगर महानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष पदमा नेकपा एमालेका काजीबहादुर बस्नेतले एक हजार ९०० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजन न्यौपानेले एक हजार ५९१ मत प्राप्त गर्नुभएको थियो ।

वडा नं २ मा वडाध्यक्ष पदमा नेकपा एमालेका कुमार पोखरेलले एक हजार ३१२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी राप्रपाका पवनकुमार सुरानाले एक हजार २६९ मत प्राप्त गर्नुभएको थियो ।

वडा नं १३ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उद्धव भुजेलले ७५२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका कुमार महर्जनले ६८५ मत प्राप्त गर्नुभएको थियो ।

वडा नं १७ मा वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका समिर कमरले एक हजार ४५० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असलम आलमले ९४४ मत प्राप्त गर्नुभएको थियो ।

साथै वडा नं १८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार जीतेन्द्रकुमार साहले ६१६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका दिनेशकुमार यादवले ६२४ मत प्राप्त गर्नुभएको थियो ।

वडा नं १९ मा वडाध्यक्ष पदमा नेकपा एमालेका श्याम घिमिरेले ९८७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने नेपाली कांग्रेसका उदय राजवंशीले ९०५ मत प्राप्त गर्नुभएको थियो ।




भर्खरै