२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलाका सबै स्थानीय तहमा कांग्रेस बढारियो



Nepali Congress
अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत दार्चुलामा नेपाली कांग्रेस क्लिन स्वीप भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्लामा यसपटकको निर्वाचनमा नेपाली कांग्रेस सबै स्थानीय तहमा बढारिएको हो ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका नौ स्थानीय तहमध्ये नेपाली कांग्रेसले पाँच स्थानीय तहमा जित हासिल गरेको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसले महानगरपालिका तथा दुहुँ, व्यास, मालिकार्जुन र शैल्यशिखर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।

यसपटकको निर्वाचनमा दुहुँ गाउँपालिकामा नेकपा (एमाले) का नरेन्द्रबहादुरसिंह बडाल र अपिहिमाल गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र० का भक्तसिंह बोहोरा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

त्यस्तै नौगाड गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार दलजीतसिंह धामी, व्यास गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार मंगलसिंह धामी र मार्मा गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार जमनसिंह धामीले विजय हासिल गरेका छन् ।

त्यसैगरी लेकम गाउँपालिकामा माओवादी केन्द्रका रामदत्त जोशी र मालिकार्जुन गाउँपालिकामा एमालेका हिरासिंह धामी अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

जिल्लाको महाकाली नगरपालिकामा एमालेका नरसिंह चैसिर प्रमुख पदमा निर्वाचित भए भने शैल्यशिखर नगरपालिकामा एमालेकै विजयसिंह धामी प्रमुख पदमा विजयी भए ।