११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको विषयमा समिक्षा गरिने- माधवकुमार नेपाल (भिडियोसहित)



अ+ अ-

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समिक्षा गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समिक्षा गरिने बताउनुभएको हो ।

उहाँले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको बताउनुभयो । उहाँले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकहरुले नै आफुहरुसँग सहकार्य गर्न नचाहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भिर छलफल चलाउनुपर्ने आवश्यकता छ । हामी निर्वाचनको पनि गम्भिर समिक्षा गर्नेछौँ । गठबन्धनको पनि समिक्षा हामी गर्नेछौँ । समिक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटी ग¥यौँ र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो । त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्यपनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला । संख्याको हिसाबले ५०० को सदस्यको तहलाई अहिले हामी नाघिरहेका छौँ । सय जनाको संख्यामा वडा अध्यक्ष जित्ने स्थिति बनाएका छौँ । झन्डै १५, २० जना पालिकाका प्रमुख, उपप्रमुख जित्ने स्थिति बनेको छ । कतिपय ठाउँहरुमा राम्रै अवस्था पनि छ । अझैपनि कतिपय ठाउँहरुमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौँ । गठबन्धन दलका सदस्यहरुले हामीसँग सहकार्य गर्न चाहेनन् । हाम्रा आफ्नै कुराहरु होलान् । अरुका आफ्नै गुनासाहरु होलान् । जे सुकै गरेपनि यो पार्टीलाई बलियो जगमा उभ्याउनु पर्नेछ । यो पार्टीलाई जनताको माझमा क्रियाशिल गर्नुपर्ने छ ।’

उहाँले पार्टीलाई वैचारिक रुपमा दह्रो बनाउनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले पार्टीलाई बलियो जगमा उभ्याउँदै जनताको माझमा क्रियाशिल गराउन नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।