• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी

पाँचखपन प्रमुखमा कांग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी



किमाथाङ्का । सङ्खुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका विपीन राईले चार हजार ७८८ मतप्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्धन्द्वी नेकपा (एमाले)का हिन्दूकुमार राईले तीन हजार ४३७ मत ल्याउनुभएको छ । नवनिर्वाचित राई यसअघिका नगरप्रमुख हुनुहुन्छ ।

त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का सुमुना श्रेष्ठले तीन हजार ८३४ मत विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी एमालेका अनिता न्यौपानेले तीन हजार ४८७ मत पाउनुभएको छ ।

धर्मदेवी प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

जिल्लाको धर्मदेवी नगरपालिका प्रमुखमा एमालेका उदयचन्द्र पौडेल चार हजार २८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्धन्दी कांग्रेसका थलकुमार लिङ्खाले चार हजार १९३ मत ल्याउनुभएको छ । पौडेल यसअघि वडाध्यक्ष हुनुहुन्थ्यो ।

उपप्रमुखमा कांग्रेसका तारा महतले चार हजार २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्धन्दी एमालेका लक्ष्मी गिरीले चार हजार पाँच मत ल्याउनुभएको छ । यसअघि धर्मदेवी नगरप्रमुख–उपप्रमुख कांग्रेसले जितेको थियो ।