२४ मंसिर २०८२, बुधबार
,
Latest
खानेपानीको चरम सङ्कट भएका भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने कम्युनिष्टहरु सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की भन्सार विभाग–एजेन्ट महासंघबीच सहमति, देशभरका भन्सार कार्यालय नियमित डीएसपी नेपाल बहुविवाह आरोपमा पक्राउ सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवतीमाई गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी



अ+ अ-

दैलेख । भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । संविधान जारी भएपछि पहिलो पटक २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेले जितेको गाउँपालिमा यो पटक अध्यक्षमा माओवादीका गणेशबहादुर थापा विजयी हुनुभयो ।

उहाँ दुई हजार ८४६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थापाले नेपाली कांग्रेसका दशरथ खड्का र नेकपा एमालेका शान्तिप्रसाद शर्मालाई पराजित गर्नुभयो । कांग्रेसका खड्काले दोस्रो स्थानमा रहेर दुई हजार २०३ मत ल्याउँदा तेस्रो स्थानमा रहेका एमालेका शर्माले एक हजार ९३४ मत प्राप्त गर्नुभयो । गाउँपालिकाको अध्यक्षमा विजयी थापा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पराजित हुनुभएको थियो ।

यता, गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मीनाकुमारी खड्का विजयी हुनुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा विजयी खड्काले दुई हजार ६८३ मत ल्याउँदा प्रत्याशी नेकपा माओवादी केन्द्रकी मनिषा सोनी विकले दुई हजार २४७ र नेकपा एमालेकी वसन्ता शाहीले एक हजार ९२२ मत प्राप्त गर्नुभएको छ ।