७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरगढी गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादी विजयी



अ+ अ-

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार मानबहादुर केप्छाकी मगर निर्वाचित हुनु भएको छ । सत्ता गठबन्धन दलका तर्फबाट उम्मेदवार केप्छाकी मगर २०७४ सालमा एमालेबाट निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो ।

केप्छाकी मगरले ४ हजार ९४२ मत ल्याएर निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोपाल खत्रीले ४ हजार ११४ मत प्राप्त गर्नु भएको थियो ।

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका जितबहादुर खड्काले ४ हजार ६४८ मत ल्याई विजय हासिल गर्नु भएको छ । उहाँकी प्रतिद्वन्द्वी एमालेकी शोभाकुमारी मगरले ३ हजार ८६३ मत ल्याउनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।