७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी



अ+ अ-

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जीत हासिल गरेको हो ।

गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा चार हजार ३३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेपाली कांग्रेसका गङ्गा कुमालले तीन हजार ५५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले जानकारी दिनुभयो ।

उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी चार हजार ४८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाल दुई हजार ७४७ मत प्राप्त गर्नुभएको छ ।

घिरिङ गाउँपालिकाको पाँचवटा वडामध्ये तीन वटामा एमाले र दुई वटामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसबाट घिरिङ–१ को अध्यक्षमा रविचन्द्र घोरासिनी र ५ को अध्यक्षमा विष्णुवीर आले विजय हासिल गर्नुभएको छ भने एमालेबाट २ को अध्यक्षमा नरबहादुर थापा, ३ को अध्यक्षमा तहलसिं थापा र ४ को अध्यक्षमा भीमबहादुर कुमालले विजय हासिल गर्नुभएको छ ।