८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

बाइस वर्षे युवाले निर्वाचनमा रचेको इतिहास…

बाइस वर्षे युवाले निर्वाचनमा रचेको इतिहास…
अ अ+ अ-

काठमाडौं । स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी तथा सञ्चारकर्म छाडेर सक्रिय राजनीतिमा प्रवेश गरेकाले समेत जीत हासिल गरेका छन् । स्थानीय तहलाई संविधानले अधिकार सम्पन्न बनाएको छ । नेपालको संविधान जारी भएपछि दोस्रो पटक भएको निर्वाचनले फरकफरक आयाम पनि स्थापित गरेको छ ।

काठमाडौँमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहको चर्चा भइरहेको बेला मधेस प्रदेशको एक स्थानीय तहमा २२ वर्षे युवाले इतिहास रचेका छन् । तराई मधेसमा राजनीतिमा आउन र स्थापित हुन अझै गाह्रो छ । सामाजिक तथा आर्थिक विषयले पनि त्यति सहज नभएको जानकारहरूले टिप्पणी गरिरहेको बेला राजाबाबु यादवको जीत आफैँमा महत्वपूर्ण देखिन्छ ।

राजनीतिमा प्रौढ र वृद्धहरूको मात्रै बोलवाला चलिरहेको छ भन्ने चर्चाका बीच युवाको सशक्त उपस्थितिले सकारात्मक प्रभाव पारेको छ । आज सार्वजनिक भएको परिणामअनुसार रामनगर गाँउपालिकाको अध्यक्षमा निर्वाचित राजाबाबु यादव मात्रै २२ वर्षका हुनुहुन्छ । उहाँले चार हजार ८१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवारी दिनुभएका यादव माओवादी जनयुद्धले स्थापित गरेको मूल्य र मान्यतालाई स्थापित गराउन राजनीतिमा युवाको सहभागिता बढाउनुपर्छ भन्ने मान्यताका साथ आफू जनतामा गएको बताउँदै आउनुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दप्रसाद यादवले दुई हजार ३९२ मत मात्रै प्राप्त गर्नुभएको छ । राजाबाबुको समूहबाटै उपाध्यक्षमा गीता देवी निर्वाचित हुनुभएको छ । उहाँले कूल तीन हजार ५२३ मत हासिल गर्नुभएको छ । बाइस वर्षीय युवकले निर्वाचनमा जीत हासिल गरेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उहाँको व्यापक चर्चा भएको छ ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा केही समयअघिसम्म सञ्चारकर्ममा रहेकाले समेत विजयी भएका छन् । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यसमेत रहनु भएका रमेश आचार्य धादिङको धुनीबेँसी नगरपालिका–६ बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनु भएका आचार्य धादिङको पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवारी दिनुभएका आचार्यले ८१७ मतका साथ जीत हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजय तामाङले ५३२ मत प्राप्त गर्नुभएको थियो । प्रेस सेन्टर नेपाल जाजरकोटका पूर्व जिल्ला अध्यक्ष वसन्तप्रसाद शर्मा भेरी नगरपालिका ४ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ को वडाध्यक्षमा पत्रकार भोजराज कार्की निर्वाचित हुनुभएको छ । नेकपा ९माओवादी केन्द्र०बाट उम्मेदवार बनेका कार्कीले ४१२ मत ल्याएर कांग्रेसका मणिराम राईलाई पराजित गर्नुभएको हो ।

सो वडामा कार्कीको प्यानल नै निर्वाचित भएको छ । कार्की नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाका उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवारले नै जीत हासिल गनुभएको छ ।

यसैगरी, दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा निर्वाचित नेकपा (एमाले) का हिरासिंह धामी पनि पूर्वसञ्चारकर्मी नै हुनुहुन्छ । उहाँले चार हजार ३४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामीले तीन हजार ३२२ मत प्राप्त गर्नुभएको थियो । पत्रकार महासङ्घ दार्चुला, बैतडी संयुक्त शाखाका संस्थापक उपाध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभएका धामीले दुई दशक बढी समय पत्रकारितामा बिताउनुभएको थियो । उहाँले निवर्तमान अध्यक्ष नरेन्द्र धामीलाई पराजित गर्नुभएको हो । सो गाँउपालिकाको उपाध्यक्षमा भने माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित हुनुभएको छ ।

पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाएको स्पष्ट देखिन्छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेका देखिएका छन् । माओवादी केन्द्र निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिक दलले क्रमशः आफ्नो समितिभित्र युवा तथा विद्यार्थीलाई सक्रियरूपमा सहभागी गराइरहेका छन् ।

दार्चुलाको अपी हिमाल गाउँपालिकाको अध्यक्षमा विजयी भगतसिंह ठेकरे बोहोरा क्रान्तिकारीको सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । गुल्मीको चन्द्रकोट गाउँपालिका–१ को अध्यक्षमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवारका रुपमा रहनुभएका माओवादी केन्द्रका वडाध्यक्षमा उम्मेदवार घनश्याम खरेल निर्वाचित हुनुभएको छ ।

खरेल अखिल ९क्रान्तिकारी०का लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । सो गाउँपालिकामा सत्तारूढ गठबन्धनले वडा तहसम्म नै तालमेल गरेको थियो । सत्तारूढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनुभएका खरेलले ५५२ मतसहित विजयी हुनुभएको हो । सो वडामा कूल ८०० मत खसेको थियो ।

यस्तै सोही सङ्गठनका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गर्नुभएका तारा भण्डारी धादिङको गजुरी–१ को अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो समयसम्म अखिल ९क्रान्तिकारी०को केन्द्रीय नेतृत्वमा रहनुभएका भण्डारी पछिल्ला दिनमा भने गजुरीमा फर्केर पार्टी राजनीतिमा सक्रिय हुनुभएको थियो ।