२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा एमालेका सुवेदी विजयी



अ+ अ-

काठमाडौं । कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार घनश्याम सुवेदी विजयी भएका छन् ।

२०७४ सालको निर्वाचनमा पनि विजयी भएका सुवेदी ३ हजार ८३६ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि चयन भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत ल्याए ।

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै देउकुमारी गुरुङ विजयी भएकी छन् । उनले ३ हजार ९७८ मत ल्याइन् भने प्रत्यासी माओवादी केन्द्रका शिवप्रसाद पराजुलीले २ हजार ३७९ मत प्राप्त गरे ।