१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्र विजयी



अ+ अ-

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन् ।

माओवादीका रमेश बाबु थापामगर ५ हजार ४७४ मतसहित अध्यक्षमा निर्वाचित भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण प्रसाद लामिछानेले ४ हजार ४३२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार मनोज कुमार जोशीले ४ हजार ११७ मत ल्याए ।

उपाध्यक्षमा माओवादीकी इन्दिरा तिवारी ४ हजार ९९६ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी शर्मीला श्रेष्ठले ४ हजार ४३२ मत ल्याइन् भने नेकपा एमालेकी लुना थापाले ३ हजार ३७८ मत प्राप्त गरिन् ।