२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी



अ+ अ-

गलेश्वर । म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सतप्रसाद रोका विजयी हुनुभएको छ । रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरी दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ र नेकपा माओवादीका टेकबहादुर विकले १ हजार ५ सय २१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा पेमा अधिकारी सवैभन्दा धेरै ४ हजार २ सय ६१ मत लिएर बिजयी हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका शर्मिला थापाले २ हजार ५ सय ९५ र नेकपा माओवादीका सुकमाया रोकाले १ हजार ३ सय ७३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।

उता मङ्गला– ५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । मङ्गलामा एमालेले पालिका अध्यक्ष, उपाध्यक्ष र १,२ र ५ गरी ३ वडा जितेको छ भने माओवादीले वडा नं ३ र कांग्रेसले वडा नं ४ बरंजामा जित हासिल गरेको छ ।