१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित



अ+ अ-

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अशोक राई निर्वाचित हुनुभएको छ । राई तीन हजार ६८६ मतसहित विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त राईले तीन हजार २५८ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पनि माओवादीकै सीता राई तीन हजार ५६१ मतसहित निर्वाचित बन्नुभ भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ शेर्पाले तीन हजार २२४ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको वडा नं १ को वडाध्यक्षमा कांग्रेसका निम्नुरी शेर्पा र वडा नं २ मा रामबहादुर खड्का विजयी हुनुभएको छ । वडा नं ३ मा एमालेका गोपाल राई र वडा नं ४ मा नेत्र खत्री विजयी बन्नुभएको छ । माओवादी केन्द्रबाट वडा नं ५ मा रामप्रसाद राई, वडा नं ६ मा बमबहादुर बस्नेत, वडा नं ७ मा नवीन राई, वडा नं ८ मा सन्तोष राई र वडा नं ९ मा रोशन मगर निर्वाचित हुनुभएको छ ।